धनगढी: सामुदायिक रेडियो प्रशारक संघ(अकोराव) सुदूरपश्चिम प्रदेश समितिले दिनेश सञ्चार गृहमै प्रवेश गरी पत्रकारमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
शुक्रबार धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि कुटपिट गरेका छन्। उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन् भने, व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका थिए।
उक्त कार्य प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अभिप्रायबाट भएको भन्दै संघले निन्दा गरेको छ। संघले प्रेस स्वतन्त्रताको सम्मान गर्न सबै पक्षसँग आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ।
‘सञ्चारकर्मीहरुलाई निर्भयतापूवर्क सञ्चारकर्म गर्न पाउने अधिकारबाट वञ्चित गर्ने नियतबाट भएका यस्ता घट्नालाई दोहरिन नदिन यो घट्नामा संलग्न सम्पूर्ण व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानुनी दायरामा सरकारसंग जोडदार माग गर्दछौ’ अकाेराव सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष दीर्घराज उपाध्यायद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनीएको छ, ‘कारवाही गनरे सम्पूर्ण रेडियोकर्मीहरु कडा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छौ।’
शुक्रबार धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि कुटपिट गरेका छन्। उनीहरुले थुनुवा कक्षमा युवकको हत्या भएको आरोप लगाएका छन्।
उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन् भने व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका थिए।
फेसबुक प्रतिक्रियाहरु