होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बन्द भएका भारतीय च्यानललाई अब के गर्ने ? भोलि निर्णय हुुँदै
समाचार

बन्द भएका भारतीय च्यानललाई अब के गर्ने ? भोलि निर्णय हुुँदै

  • नागरिक रैबार
बन्द भएका भारतीय च्यानललाई अब के गर्ने ? भोलि निर्णय हुुँदै

काठमाडौं । बन्द गरिएका भारतीय न्यूज च्यानललाई सुचारु गर्ने कि बन्द गर्ने भन्ने निर्णय आइतबार हुने भएको छ । आइतबार मल्टिसिस्टम अपरेटरहरुको आइतबार दिउँसो बस्ने बैठकले त्यसबारे निर्णय गर्ने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा चिनियाँ राजदूतको नाम जोडेर हुँदै नभएको समाचार सम्प्रेषण गरिएपछि नेपालका मल्टिसिस्टम अपरेटरहरुले भारतीय न्यूज च्यानलहरु बिहीबारदेखि बन्द गरेका थिए ।

नेपाली अपरेटरहरुले सेवा बन्द गरेसँगै भारतभर हल्लाखल्ला भएको थियो । समाचारप्रति चर्को असन्तुष्टिसँगै च्यानल नै बन्द गरिएपछि सम्बन्धित मिडियाहरले आफ्नो समाचारको कारण नेपालीहरुको चित्त दुखेको भन्दै ‘खेद’ प्रकट समेत गरेका थिए ।

विज्ञापन

यसलाई माफी मागेको रुपमा बुझ्दै अपरेटरहरुले अब के गर्ने भन्ने सम्बन्धमा धारणा बनाउन तथा त्यस्तो अनर्गल प्रचारमा संलग्न नभएकाको हकमा के गर्ने भन्ने सम्बन्धमा समेत निर्णय लिन छलफल गर्न लागेको म्याक्स टेलिभिजनका अध्यक्ष दिनेश सुवेदीले जानकारी दिए ।

अपरेटरहरुले अनर्गल प्रचार र फेक न्यूज च्यानल छानेरै बन्द गर्ने र बाँकीलाई खुला गर्नेगरी निर्णय गर्नसक्ने सम्भावना छ । ‘हामी भ्रम फैलाउने र अनर्गल प्रचार गर्ने च्यानललाई बन्द नै राखेर बाँकीलाई खुलाउने पक्षमा छौं’ सुवेदीले भने, ‘के गर्ने भन्ने निर्णय चाहिँ छलफल गरेपछि मात्रै हुन्छ ।’

अहिले जीन्यूज, एबीपी न्यूज लगायत ३÷४ वटा मिडिया त्यस्तो फेकन्यूजका लागि चर्चित मानिन्छन् । तथ्यभन्दा निकै बाहिर गएर सम्प्रेषण हुने त्यस्ता न्यूज च्यानलबाहेक अरुलाई चल्न दिएमा भोलिका दिनमा नेपालको समाचार सम्प्रेषणमा ती च्यानलहरु पनि सम्वेदनशील हुने तथा ती च्यानलहरुले पनि आफ्नो गल्तीको महसुस गर्नेमा अपरेटरहरु सहमत छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार