होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • साँफे-मार्तडी सडक अवरुद्ध, दिगो व्यवस्थापन हुन सकेन्
देश/प्रदेश

साँफे-मार्तडी सडक अवरुद्ध, दिगो व्यवस्थापन हुन सकेन्

  • नागरिक रैबार
साँफे-मार्तडी सडक अवरुद्ध, दिगो व्यवस्थापन हुन सकेन्

मदन विक/बाजुरा २७ असार। जव वर्षातको समय सूरु हुन्छ तब बाजुरामा सडक अवरुद्ध हुन थाल्दछ । वर्षातकै कारण बाजुरा सदरमुकाम मार्तडीसम्मको मुख्य राजमार्ग साँफे-मार्तडी सडक खण्डमा वार्हैमास यातायात चल्न पाउँदैनन् । यही चिन्ताले यहाँका स्थानीयहरु वर्षातको समयमा खासै यात्रा गर्न चाहाँदैनन् ।

सिलानास गरेको २२ वर्षपछि जिल्लाको सदरमुकाम मार्तडीसम्म पक्की बनेको सडक ३ वर्ष नपुग्दै सडक माथिबाट खसेको पहिरोले तहस नहस भई विग्रेको अवस्थामा छ ।

अविरल वर्षासँगै आएको पहिरोले सडक माथिबाट पहिरो र तलबाट बुढीगंगा नदिले कटान गरेपछि दवारी नजिकैको करिव ५ सय मिटर सडक पूणर् रुपमा विग्रेपछि सदरमुकाम मार्तडी सम्मको यातायात सेवा अवरुद्ध बनेको छ ।

विज्ञापन

पहिरोका कारण सडक भत्किएपछि अहिले सो क्षेत्र हुँदै आवत जावत गर्ने स्थानीय यात्रुहरु अलपत्र अवस्थामा छन् । सदरमुकाम मार्तडीमा आउन र जानलाई एकजना यात्रीले कम्तिमा ३ वटा गाडीहरु फेरेर जोखिमपूणर् यात्रा गर्नु पर्ने बाध्यता भएको छ । निरन्तरको वर्षातका कारण भत्किएको सडकलाई पुन मर्मत गर्नका लागि कतैबाट पहल नभएपछि स्थानीयहरु यतिबेला आक्रोसित बनेका छन् ।

यता प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले सो क्षेत्रमा सडकको दिगो व्यवस्थापन गर्न सडक डिभिजन कार्यालयलाई निरन्तर आग्रह गरिरहेको बताउँदै आएका छन् ।

जिल्लामा निरन्तर वर्षा भईरहेकोले सो क्षेत्रको सडकलाई तत्काल खुलाउन समस्या भएको सडक डिभिजन कार्यालय साँफेबगरले बताएको छ । उसो त यस अघि यस क्षेत्रको सडकलाई दिगो व्यवस्थापन गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाजुरामा सरोकारवालाहरुको पटक पटक बैठक बस्दै आएको छ । तर पनि सो ठाउँमा सडकको दिगो व्यवस्थापन भने हुन सकेको छैन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि