होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • पश्चिम रुकुम घटनामा थप तीनजना पक्राउ
राजनीति

पश्चिम रुकुम घटनामा थप तीनजना पक्राउ

  • नागरिक रैबार
पश्चिम रुकुम घटनामा थप तीनजना पक्राउ

काठमाडौँ – पश्चिम रुकुममा प्रेमपछि विवाह गर्न खोज्दा जातीय विभेदलाई लिएर ६ जनाको ज्यान गएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय घमण्ड मल्ल, बिष्णु मल्ल र सबिन पुन रहेका छन् । घमण्ड र बिष्णु मृतक परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी गरेका फरार व्यक्ति हुन् ।

सबिनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो । बुधबार नै उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पुर्याइएको छ ।

योसँगै मृतकका परिवारले किटानी जाहेरी दिएका २० जना नै पक्राउ परेको प्रहरीले जनाएको छ । किटानी जाहेरी परेका बाहेका अन्य आठ जनालाई पनि हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

हत्याको घटनाको अनुसन्धानका लागि प्रहरीले २८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । अनुसन्धान प्रक्रिया अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।

गत १० जेठमा सोतीकी १७ वर्षीया मल्ल थरकी किशोरीका प्रेमीसहित जाजरकोटतर्फबाट आएका युवा स्थानीयको आक्रमणमा परेका थिए । जसमा ६ जनाको मृत्यु भएको छ । किशोरीका प्रेमी भनिएका नवराज विकसहित अरू ५ जनाको भेरी नदीमा शव भेटिएको थियो । मृतकका परिवारले उनीहरुको हत्या भएको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि