धनगढीः सुदूरपश्चिम प्रदेशमा अगामी २ दिन हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार सुदूरपश्चिमका उच्च हिमाली भू–भागमा हिमपात हुने सम्भावना रहेको जनाएको छ।
यस्तै सुदूरपश्चिम सहित देशैभर आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। हिमाली भू–भागमा हुने हिमपात र वर्षाले चिसो बढ्ने भएकाले सचेत रहन मौसवविदले सुझाव दिएका छन्।
फेसबुक प्रतिक्रियाहरु