होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्रीमाथि खतरनाक करवाहीको प्रतिक्षा गरौँः गोकुल बाँस्कोटा
समाचार

प्रधानमन्त्रीमाथि खतरनाक करवाहीको प्रतिक्षा गरौँः गोकुल बाँस्कोटा

  • नागरिक रैबार
प्रधानमन्त्रीमाथि खतरनाक करवाहीको प्रतिक्षा गरौँः गोकुल बाँस्कोटा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र गोकुल बाँस्कोटाले प्रधानमन्त्री ओलीमाथि पार्टीले कारबाही गर्न लागेको संकेत गरेका छन् । मंगलबार बिहान ट्वीट गर्दै बाँस्कोटाले व्यंग्यात्मक शैलीमा ओलीमाथि कारबाही गर्ने कुरा पत्यार नलागे पनि प्रतिक्षा गरिरहेको बताएका छन् ।

‘जिम्वालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउनेगरी खतरा कार्यवाही गर्ने तयारी छ रे,’ बाँस्कोटाले मंगलबार ट्वीट गर्दै भनेका छन्, ‘भर्खरै सुनाए । पत्यार नलागे पनि प्रतिक्षा त गर्नु परो अब ।’

नेकपामा हाल आन्तरिक किचलो बढ्दै गएको छ । गत शनिबार सचिवालयका बहुमत नेताहरुले बैठक बोलाउन माग गर्दै अध्यक्ष ओलीलाई पत्र बुझाएका थिए । उनीहरुले सोमबारभित्र बैठक डाक्न दिएको अल्टिमेटम सकिएको छ । मंगलबार एक दिन पर्खेर औपचारिक बैठक बोलाउने तयारीमा कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता नेपाल रहेको बुझिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै