होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जुम्लामा स्याउ टिप्ने र बेच्ने चटारो, ७० प्रतिशत टिपेर सकियो
समाचार

जुम्लामा स्याउ टिप्ने र बेच्ने चटारो, ७० प्रतिशत टिपेर सकियो

  • नागरिक रैबार
जुम्लामा स्याउ टिप्ने र बेच्ने चटारो, ७० प्रतिशत टिपेर सकियो

जुम्ला – अहिले जुम्लाका किसानलाई स्याउ टिप्ने र निर्यात गर्ने चटारो छ । जिल्ला कृषि विकास कार्यालयले गएको भदौ १० गतेदेखि स्याउ टिप्ने अनुमति दिएपछि एक हप्तामै ७० प्रतिशत स्याउ टिपेर सकिएको छ ।

अहिले धेरैजसो किसानले स्याउ टिपिसकेका छन् । अहिले निर्यात तथा भण्डारणमा किसानहरु व्यस्त रहेको कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधक अधिकृत खेमराज शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार अग्लो स्थानका केही स्याउ बाहेक अन्य ठाउँको टिपी सकिएको र कोरोना प्रभावकै बीच पनि स्याउ निर्यात भइरहेको छ ।

अहिले किसानहरु आफ्नै बगैँचामा स्याउ टिप्ने चटारोमा छन् । किसानहरुले स्याउ निर्यातका लागि पालिकाबाट सिफारिस लिने गरेका छन् ।

विज्ञापन

किलोको ६० रुपैयाँमा बगैँचामै बिक्री

पातारासी गाउँपालिकाको उर्थु गाउँका किसान मुनबहादुर महताराले पाँच सय बिरुवा फल्ने भए पनि एक सय बिरुवामा मात्रै स्याउ फलेको बताउनुभयो ।

उर्थु गाउँका स्याउ किसान दल महताराले यस वर्ष स्याउ नफलेकाले निकै घाटा बेहोरेको बताउनुभयो । उहाँले तीन सय बिरुवामा २५ बिरुवा फलेका र त्यसमा पनि स्याउ कम फलेको बताउनुभयो ।

किसान महताराका अनुसार स्याउ बगैँचाबाटै किलोको ६० रुपैयाँमा बिक्री हुने गरेको छ ।

राम्रोसँग पाकेका स्याउ बजारमा

यस वर्ष राम्ररी फलेका र परिपक्व स्याउ बजारमा गएको कृषि विज्ञहरुको भनाइ छ । स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नवराज भण्डारीका अनुसार यस वर्ष जति सक्दो परिपक्व स्याउ

बजारमा पठाउने प्रयास गरिएको छ । उहाँका अनुसार भदौ १० गतेदेखि मात्रै स्याउ टिप्न सुरु गरिएकाले धेरै जसो परिपक्व स्याउ बजारमा गएको छ ।

काठमाण्डौ, चितवन र धरानमा समेत जुम्लाको केही स्याउ पुगेको र त्यहाँ स्याउको मूल्य किलोको दुई सयभन्दा बढी रहेको उहाँले जानकारी दिनुभयो ।

जुम्लामा फुजी प्रजातिको स्याउ भने अझै टिपिएको छ्रैन । फुजी स्याउ असोजको अन्तिममा टिप्न सुझाव दिइएकोसुपरजोन कार्यालयले जानकारी दिएको छ ।

यस वर्ष स्याउ उत्पादन भने घटेको छ । स्याउको फूल फुल्ने समयमा अत्यधिक पानी आएर कालो तुसाराले फूल खाइ दिएपछि ५० प्रतिशतभन्दा बढी स्याउ उत्पादन घटेको किसानहरु बताउँछन् । एक वर्ष फल्ने र अर्को वर्ष नफल्ने स्याउका कारण पनि उत्पादन कम भएको जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार