होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा पनि असोज १ देखि सबै सार्वजनिक सवारी चलाउने तयारी
समाचार

सुदूरपश्चिममा पनि असोज १ देखि सबै सार्वजनिक सवारी चलाउने तयारी

  • नागरिक रैबार
सुदूरपश्चिममा पनि असोज १ देखि सबै सार्वजनिक सवारी चलाउने तयारी

धनगढी : आगामी असोज १ गतेदेखि यातायात व्यवसायीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्। सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात संचालनलाई निषेध गरेका बेला सुदूरपश्चिमका यातायात व्यवसायीले भने असोज १ गतेदेखि पूर्ण रुपमा यातायात सञ्चालनको तयारी गरेका हुन्।

सुन्दर सुदूरपश्चिम यातायात प्रालीका अध्यक्ष पदम सापकोटाले १ गतेदेखि सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन गर्ने तयारी भईरहेको बताए। उनले लामो तथा छोटो दूरीका यातायात चलाउने केन्द्रमा समेत तयारी भईरहेको बताउँदै सुदूरपश्चिममा पनि सोही अनुसार यातायात सञ्चालन हुने बताए। कोरोना प्रभावपछि जारी लकडाउन र निषेधाज्ञाका कारण सूरपश्चिमका यातायात व्यवसायी मारमा परेका छन्।

गत चैत ११ गतेदेखि जारी एक सय २० दिन लामो लकडाउन र अहिले स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञाका कारण यातायात व्यवसायी मारमा परेका हुन्। कर्णाली रिभर साईड यातायात प्रालीका अध्यक्ष धिरज शाहीले ६ महिनादेखि सार्वजनिक यातायात ठप्प भएपछि सयौँ व्यवसायीसंगै हजारौं मजदुर पनि समस्यामा परेको बताए।

‘कतिपय यातायात व्यवसायीहरुले आफ्नै लगानीमा सवरी संञ्चालन गरेको भएपनि धेरै जसोले भने बैंकबाट ऋण निकालेर र किस्तामा बसहरु खरिद गरेका छन्,’ उनले भने, ‘सार्वजनिक सवारी साधन नियमित रुपमा संञ्चालन भएपछि मात्रै बैंकको ब्याज र गाडीको किस्ता तीर्न सहज हुनेछ।’

कैलालीमा भने जिल्ला भित्र मात्रै जोरविजोर प्रणाली लागु गरेर सार्वजनिक सवारी साधान संञ्चालन गर्न अनुमती दिईएको छ। ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने गरि सार्वजनिक सवारी संञ्चालन गर्न पाईने भनिएको हो। तर जोरविजोर प्रणाली लागु भएपछि कम सवारी साधान चल्ने भएका कारण भिडभाड भने बढी हुने गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
समाचार
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि