होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चिनियाँ र भारतीय सैनिकबीच झडपको भिडियो भाइरल
समाचार

चिनियाँ र भारतीय सैनिकबीच झडपको भिडियो भाइरल

  • नागरिक रैबार
चिनियाँ र भारतीय सैनिकबीच झडपको भिडियो भाइरल

विवादीत सीमा क्षेत्रमा चिनियाँ र भारतीय सैनिकहरु मुक्का र लठ्ठी बर्साउँदै भिडेको भिडियो चिनियाँ सामाजिक सञ्जालमा भाइरल बनेको छ । दुई देशबीच सीमामा भएको झडपको सम्भवतः पहिलोपटक सार्वजनिक भएको भिडियोमा सैनिकहरु एउटा नदीको किनारमा भिडिरहेको देख्न सकिन्छ ।

गत जुन १५ मा भारतको लद्दाख क्षेत्रमा रहेको गलवान क्षेत्रमा दुई देशका सैनिकबीच हिंस्रक झडप भएको थियो । उक्त घटनामा कम्तिमा २० जना भारतीय सैनिक मारिएका थिए । बेइजिङले भने उक्त घटनामा ब्यहोरेको क्षति सार्वजनिक गरेको छैन ।

चिनियाँ सैनिक स्रोतका अनुसार उक्त भिडियो सबैभन्दा पहिले मंगलबार राति सामाजिक सञ्जालमा देखिएको थियो । उक्त भिडियो वास्तविक भएको र सम्भवतः केही महिनाअघि खिचिएको स्रोतको भनाइ छ ।https://www.youtube.com/watch?time_continue=18&v=TYUi8KFufVw&feature=emb_logo

विज्ञापन

 

आफ्नो नाम उल्लेख नगर्ने सर्तमा सैनिकहरुले बन्दुकको प्रयोग नगरेर संयमता देखाएको बताए । उक्त भिडियोमा चिनियाँ सैनिकहरुसँग लठ्ठी र दंगा हुँदा प्रयोग हुने ढाल रहेको देख्न सकिन्छ भने भारतीय सैनिकहरुले बन्दुक बोकेको देखिन्छ । तर, उनीहरुले बन्दुक चलाएनन् ।

लाखौँ पटक हेरिएको यो भिडियोको वाटरमार्क हेर्दा चिनियाँ फोनबाट खिचिएको देख्न सकिन्छ । एक सैन्य विज्ञका अनुसार उक्त भिडियो १५ जुनमा भएको हिंस्रक झडपको नभएर त्योभन्दा अघि गलवान नदीमा मे महिनामा भएको झडपको हुनसक्ने बताए ।

उनले आफूसँग झडपको भिडियो प्रमाण रहेको देखाउन बेइजिङले नै उक्त भिडियो सचेतरुपमा सार्वजनिक गरेको हनुसक्ने आशंका पनि व्यक्त गरे । ‘सायद बेइजिङले चिनियाँ जनता र भारतलाई सन्देश दिन चाहन्छ कि कसले सहमतिको उल्लंघन गर्यो (गोली चलाएर) र कसले झडप सुरु गर्यो भन्ने आफूसँग भिडियो प्रमाण छ,’ उनले भने ।

गत मे महिनादेखि भारत र चीनबीच सीमा विवाद देखिएको छ । त्यसयता तनाव गर्न दुई देशबीच कयौँ वार्ता पनि भएका छन् । तर, गत सोमबार पाङगोङ त्सो तालमा भएको विवादका क्रममा गोली चलेपछि स्थिति पुनः तनावग्रस्त बनेको छ ।

स्रोत : साउथ चाइना मोर्निङ पोष्ट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार