अनिल शाही / बाजुरा २६ साउन ।लगातार बर्षा र कर्णाली नदिमा पानिको बहाफ बढेपछि कर्णाली नदिमा रहेकाे झोलुंगे पुल उच्च जोखिममा परेको छ । कर्णाली नदिको पिलुचौर जुकोट पुल माथि पानि बग्दा उच्च जोखिममा रहेको स्थानिय बासिले बताएका छन् । अहिले पुल माथिनै पानि पुग्ने र अर्को पुलको छेउमा नदिले कटान गरेका कारण आवतजावत गर्न समस्या भएको स्थानियले बताएका छन् ।
कर्णालीको पिलिचौरमा रहेको झोलुंगे पुल सधैका बर्षातको समयमा जोखिममा बन्ने गरेको छ । पुलको दुबैतिर रहेको वाल समेत भत्कने अबस्थामा रहेको स्थानियले बताएका छन् । अर्को पुल भन्दा माथिनै पानि पुगेपछि आवतजावतमा निकै समस्या भएको छ । पुलनै बगाउने होकी भन्ने चिन्ताले पुल तर्न निकै समस्या भएको स्वामीकार्तिक गाँउपालिका अध्यक्ष चिरिन्जीवि शाहले वताएका छन् ।
फेसबुक प्रतिक्रियाहरु