होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ २४, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा २७ घर बगायो जनजीवन कष्टकर
Breaking News

बाजुरामा २७ घर बगायो जनजीवन कष्टकर

  • नागरिक रैबार
बाजुरामा २७ घर बगायो जनजीवन कष्टकर

अनिल शाही  बाजुरा २६  साउँन बाजुरा जिल्लामा हिजो राति देखी निरन्तर आएको अविरल वर्षा संगैको भाडी पहीरोले २७ घर वगाएको छ भने जनजिव प्रभावित भएको छ । जिल्लाको गौमुल गाउँपालिका र बडिमालिका नगरपालिकामा गए राति आएको अबिरल बर्षसंगै बुढिगंगा नदिलेको बाढिले बगाउँदा एक जना महिला बेपत्ता बनाएको छ ।

वाडीपहिराका कारण दुई सय बढी जनसंख्या बिस्ताबित बनाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । अन्य क्षतिको बिवरण भने आउँन बाँकी रहेको र उद्धार कार्य भैरहेको छ। बिभिन्न बस्तीमा बाढी र कटान संगै पहिलो जाँदा ठुलो क्षती भएको हो । पहिरोका कारण बडिमालिका–२ घाग्रकी ५५ बर्षिया आउँसी देबी महत बेपत्ता भएकी छन्। गएराति देखीको बाढीले एक बेलीब्रीज र पाँच वटा झोलुङ्गे पुल बगाएको छ ।

गौमुुल गाउँपालिका वडा नं–१ सिम गाउँका आठ घर बडिमालिका नगरपालिका वडा नं –२ का १३ वटा र वडा पाँच ६ वटा घर गरी २७ वटा घर बाढिर पहिरोले बगाउँदा दुई सय बढी जनसंख्या अलपत्र छपरेको छ। भने क्षेतीको बिवरण अझै आउँन नसकेको कुरा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टंकप्रशाद भट्टराईले बताएको छ। अझै बाढी नरोकीएकोले उद्धार कार्य जारी रहेको छ।

सयौ हेक्टर खेती योग्य जमिन समेत बगाएको छ। नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना र स्थानिय उद्धारमा हिजो राति देखी खटीएका छन्। साफे–मार्तडी सडक पर्ने जडाङ्गाको बेलीब्रिज बगाएको छ । साफेँ मार्तडी सडक अन्तरगत बुढिगंगा नदिमा बनाएको बेलिबिज्र आइतवार राति बर्षाले बगाएको र अब सदरमुकाम आवतजावत गर्ने बाटो नै बन्द भएको प्रहरीले जनाएको छ ।

त्यो संगै बुढिगंगा नदिको बहाफ निकै बढेको स्थानीयहरुले बताएका छन । बाजुरा जिल्लामा सडकमा यो बर्ष निकै क्षेती पु¥याएको छ ।बाजुराको बुढीगंगा नदिमा आएको पानीको बहावका कारण घागर, भौनेरा, रापक लगाएत तटिय क्षेत्रका सबै बस्तीमा ठूलो क्षेती भएको छ । बुढीगंगा नदिमा भएका ५ वटा झुलङ्गे पुलहरु बगाएका छन् ।

साँफे मार्तडी सडक खण्ड जोड्ने बुढीगंगा नदिमा भएको बेलिबिज्र बगाएको छ । स्थानिय ज्यान जोगाउन भागदौड गरिरहेका छन् । दशकौं पछि बुडीगंगा नदिमा यतिठुलो बाढि आएको छ । जिल्लाबाट राती ३ बजे हिडेको टोली बडिमालिका नगरपालिकाको वडा नं –९ को पहिरोका कारण जान नसकेको बताइएको छ । ससस्त्र प्रहरी र नेपाल प्रहरीको टोली राती ३ बजे सदरमुकामबाट गएको भएपनी सदरमुकाम नजिकै सेलाघाटको पहिरोका कारण अगाडी बढ्न नसकेको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै