होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जिल्ला बाहिर रहेका स्थानियलार्ई नगद राहत दिने बुढिनन्दा नगरपालिकाकाे निर्णय
देश/प्रदेश

जिल्ला बाहिर रहेका स्थानियलार्ई नगद राहत दिने बुढिनन्दा नगरपालिकाकाे निर्णय

  • नागरिक रैबार
जिल्ला बाहिर रहेका स्थानियलार्ई नगद राहत दिने बुढिनन्दा नगरपालिकाकाे निर्णय

जीवन कैला /कोल्टी २८ बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाले जिल्ला वाहिर विभिन्न ठाउँमा अलपत्र अवस्थामा रहेका स्थानियलाई आर्थिक रकम सहयोग गर्ने निर्णय गरेको छ ।

बुढिनन्दा नगरपालिकाका प्रमुख पदम कुमार गिरीको अध्यक्षतामा वसेको बैठकले जिल्ला वाहिर औषधी उपचार गर्न गएका विरामी, दैनिक ज्याला मजदुरीका लागि गएका श्रमिक र अध्ययन अध्यापनका लागि गएका विद्यार्थीहरुलाई आर्थिक रकम सहयोग गर्ने निर्णय गरेको हो ।

साथै नगरपालिकाका नगरप्रमुख गिरीले जिल्ला वाहिर अलपत्र अवस्थामा रहेका स्थानियलाई नआत्तिन समेत आग्रह गर्नुभएको छ ।

विज्ञापन

अाईतबार वसेको नगर कार्यपालिकाको आकस्मिक बैठकले वन्दावन्दिका कारण खान, वस्न र औषधि उपचारका लागि समस्यामा परेका स्थानियको जेष्ठ एक गते भित्र सम्म लगत संकलन गरी प्रति विद्यार्थीहरुलाई ३ हजार ५ सय, ज्याला मजदुरी गर्नेका लागि ४ हजार र विरामीलाई ५ हजारका दरले आर्थिक रकम सहयोग गर्ने नगरपालिकाका प्रवक्ता कृष्णराज पाध्यायले जानकारी दिनुभयो ।

नगरपालिकाले विरामीको हकमा सम्वन्धित विरामीको पुर्जा अनिवार्य हुनु्पर्ने जनाएको छ भने अन्यका लागि नागरीकता, परीचय पत्र र बैंङक खाता नम्वर अनिवार्य गरेको छ ।

अध्ययन अध्यापन तथा कामको शिलशिलामा नेपालगञ्ज काठमाण्डौं, धनगढि, कन्चनपुर र कैलालि लगायतका ठाउँमा गएका र वन्दावन्दिको समस्यामा घर फर्किन नपाएका स्थानियलाई राहात स्वरुप आर्थिक रकम सहयोग गर्ने भएको हो ।

त्यस्तै नगरपालिका भित्रका सुनौला हजार दिनका आमालाई पोषण युक्त आहारा वितरण गर्ने, जेष्ठ नागरीक, विभिन्न रोगले ग्रसित भएका र सुत्केरी महिलाहरुका लागि औषधि उपचारका लागि निशुल्क सवारी साधनको ब्यवस्था गर्ने निर्णय समेत भएको हो ।

वडा नं एक देखि दश भित्रका दिर्घ रोगी, असहाय, अपाङग, वृद्ववृद्वा, र एकल महिला हरुलाई औषधी उपचारका लागि नगरपालिकाले सवारी साधनको व्यस्थापन गर्ने नगरपालिकाले जनाएको छ ।

नगर भित्र काम गरिरहेका विभिन्न संघ संस्थाहरुले राहत वितरण गर्नु परेमा नगरपालिका संग समन्वय गरि एकद्धार प्रालीबाट वितरण गनुपर्ने लगायतका निर्णय गरिएको प्रवक्ता पाध्याले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार