होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • बैंकले बाँड्यो टुहुरा विद्यार्थीलाई शैक्षिक सामाग्री
शिक्षा

बैंकले बाँड्यो टुहुरा विद्यार्थीलाई शैक्षिक सामाग्री

  • नागरिक रैबार
बैंकले बाँड्यो टुहुरा विद्यार्थीलाई शैक्षिक सामाग्री

नागरिक रैबार/बाजुरा २५ पुस। राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय बाजुराले मालिका माविमा अध्ययनरत टुहुरा बालवालिकालाई शैक्षिक सामाग्री बाँडेको छ ।

बैंकको वित्तिय साक्षरता कार्यक्रम अन्तरगतको बजेट मार्फत मालिका माद्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका १२ जना टुहुरा बालवालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको राष्ट्रिय बाणिज्य बैंक शाखा बाजुराका प्रवन्धक टिका राम बुढाले बताएका छन् ।

बैकको काम आर्थिक कारोवार गर्नु मात्र नभई सामाजिक उत्तर दायित्वका क्षेत्रमा समेत काम गर्छ भन्ने जानकारी गराउने उद्देश्यका साथ विद्यालयका टुहुरा बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको रा.वा.बैंकका प्रवन्धक बुढाले जानकारी दिए ।

विज्ञापन

बैंकको वित्तिय साक्षरता कार्यक्रम अन्तरगत मालिका माद्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तिय साक्षरता सम्वन्धि जानकारी समेत गराएको राष्ट्रिय वाणिज्य बैंक बाजुराले जनाएको छ ।

विद्यालयमा अध्ययनरत टुहुरा बालवालिकालाई बैंकले शैक्षिक सामाग्री सहयोग गरेकोप्रति विद्यालय परिवार गौरभान्वित भएको विद्यालयका प्राचार्य शुभराज पाध्यायले खुशी व्यक्त गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार