नागरिक रैबार/बाजुरा २३ असोज। विहिबार दिउसो भिरबाट लडेर घाईते भएका बडीमालिका वडा नं. ९ रतुडाका मानसिंह विकलाई उपचारका लागि काठमाण्डौं लगिएको छ । विक विहिबार दिउसो साढे १२ बजे घरबाट खाना खाएर दारकाठका लागि गुनिभिर तिर गएका थिए ।
साँझ पख सम्म घर नफर्केपछि परिवारले खोजी गर्दा विकलाई भिरबाट लडेर भिरमै अट्कीएको अवस्थामा भेटाएका थिए ।
भिरमै अट्कीएको अवस्थामा भेटिएका विकलाई स्थानीयहरुले उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याएका थिए । बाजुरा अस्पतालमा विकको उपचार सम्भव नभएपछि उनलाई उपचारका लागि काठमाण्डौं लगिएको छ ।
फेसबुक प्रतिक्रियाहरु