होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • अझै भेटिएनन् बाजुराको बुढीगंगा नदीमा बेपत्ता भएका किशोर
Breaking News

अझै भेटिएनन् बाजुराको बुढीगंगा नदीमा बेपत्ता भएका किशोर

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अझै भेटिएनन् बाजुराको बुढीगंगा नदीमा बेपत्ता भएका किशोर

बाजुरा: बुढीगंगा नगरपालिका–१ अम्कोटमा पर्नें हडडे खोलाबाट बेपत्ता भएका किशोरको खोजी कार्य जारी रहेको रहेको छ। किशोर द्धारीमा रहेको बुढीगंगा नदीमा डुबेर बेपत्ता भएका छन्।

गएको सोमबार गाउँमा सञ्चालन भएको विद्युतको नहर खोलाले भत्काएपछि बनाउन बुढीगंगा नदीमा पौडी खेलेर तर्ने बेलामा बेपत्ता भएका १९ वर्षीय प्रताप थापाको खोजी  भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

नेपाली सेनाको हेलिकप्टरमा गोताखोरको टोली बाजुरा आएर घटनास्थलमा खोजी गर्न थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिएका छन्। बुधबार प्रदेशको सशस्त्र टोली खोजी कार्यको लागि आवश्यक स्रोत साधनसहित घटनास्थलमा पुगेर खोजी कार्य गरेको प्रहरी प्रमुख भट्टराइले बताए।

हेलिकप्टरमार्फत आएको गोताखोरको टोली बुधबार नै घटनास्थलमा पुगेर खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए। बेपत्ता भएका किशोरको सोही क्षेत्र र अछामको आसपासका क्षेत्रमा खोजी गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै