होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिममा कुन उमेर समूहमा कति कोरोना संक्रमित ? (सूचिसहित)
Breaking News

सुदूरपश्चिममा कुन उमेर समूहमा कति कोरोना संक्रमित ? (सूचिसहित)

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिममा कुन उमेर समूहमा कति कोरोना संक्रमित ? (सूचिसहित)

धनगढी : सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ८ सय ७१ पुगिसकेको छ। जसमा ८ जनाले ज्यान समेत गुमाइसकेका छन् भने नौँ सय ९३ जना डिस्चार्ज भएका छन्। कोरोना संक्रमितहरूमध्ये पनि पुरुषको संख्या बढी छ। कुल कोरोना संक्रमितमध्ये ८ सय ८१ जना महिलामा कोरोना संक्रमण देखिएको छ भने दुइ हजार नौँ सय ९० जना पुरुषमा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा युवामा बढी कोरोना संक्रमण देखिएको छ। सुदूरपश्चिममा कोरोना संक्रमण देखिएकामध्ये सबैभन्दा बढी २१ देखि ३० वर्षको उमेर समूहमा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

१० बर्षमूनिका तीन सय १० बालबालिका, ११ देखि २० बर्षसम्मका पाँच सय पाँच जना, २१ देखि ३० बर्षसम्मका एक हजार छ सय ९७, ३१ देखि ४० बर्षसम्मका आँठ सय एक जनामा  कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

विज्ञापन

यस्तै ४१ देखि ५० बर्षसम्मका तीन सय २४ जना, ५१ देखि ६० बर्षसम्मका एक सय ५० जना, ६१ देखि ७० बर्षसम्मका ५९ जना, ७१ देखि ८० बर्षसम्मका १६ जना र उमेर नखुलेका आँठ जनामा कोरोना पुष्टि भएको छ। दिनशेखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै