नागरिक रैबार/बाजुरा २७ जेठ। बडीमालिका नगरपालिका वडा न ९ उखाडिका ओभरसियर यग्यराज उपाध्यायले २५ सय बराबरको खाद्यन्न सामाग्री सहयोग गरेका छन् ।अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालले जिल्ला बाहिरबाट आएका सर्वसाधारणका लागि खाजा नास्ता र पानी र प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गर्ने अभियान चलाएपछि उपाध्यायले २५ सय बराबरको खाद्यन्न सहयोग गरेकाे अनेरास्ववीयुका सदस्य प्रेम नेपालीले बताएका छन् ।
हप्तादिन देखि अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालले जिल्ला बाहिरबाट आउने सर्वसाधारणलाई मार्तडीको बसपार्कमा स्वागत सहित उनीहरुलाई खाजा वितरण गरिरहेका छन् ।
जिल्ला बाहिर काठमाण्डौं, धनगढी र भारतबाट दैनिक जसो सदरमुकाम मार्तडी भित्रिने सर्वसाधारणहरु आउने गरेका छन् । उनीहरुलाई यात्राका क्रममा दुख, कष्ट भएको हुनसक्ने भन्दै अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालले अभियाननै चलाएका छन् । युवा संघका युवा र अनेरास्ववीयका विद्यार्थीहरुले मंगलबार विहान सदरमुकाम मार्तडी सरसफाई समेत गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु