होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अर्घाखाँचीमा गाई–भैंसीलाई पनि सुत्केरी भत्ता !
समाचार

अर्घाखाँचीमा गाई–भैंसीलाई पनि सुत्केरी भत्ता !

  • नागरिक रैबार
अर्घाखाँचीमा गाई–भैंसीलाई पनि सुत्केरी भत्ता !

२३ भदौ, बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गाई–भैंसी सुत्केरी हुँदा पशुधनी किसानलाई भत्ता दिने नीति लिएको छ ।

सुत्केरी भएका पशुले सो अवधिमा पोषणयुक्त आहार तथा दाना खान पाउन् र दूध उत्पादक किसानलाई प्रोत्साहन होस् भनेर प्रति सुत्केरी पशु दुई हजार रुपैयाँका दरले नगरपालिकाले भत्ता दिने भएको हो ।

भत्ता पाउन किसानले गाई–भैँसी सुत्केरी भएको २ महिनाभित्र वडा कार्यालयको सिफारिस नगरपालिकामा निवेदन बुझाउनुपर्ने नियम छ । वडाबाट सिफारिस आएपछि नगरपालिकाको पशु सेवा शाखाका कर्मचारीहरु गोठमा पुगेर स्थलगत निरीक्षण गरेपछि किसानलाई नगदै भत्ता दिइने नगरपालिकाको पशु सेवा शाखाका प्राविधिक सहायक विजय खनालले बताए ।

पशु सुत्केरी भत्ताका लागि नगरपालिकाले यो वर्ष २० लाख रुपैयाँ वजेट छुट्याएको खनालले जानकारी दिए । एउटै मात्र गाई वा भैंसी सुत्केरी हुनेदेखि व्यवसायिक किसान सबैले सुतकेरी भत्ता पाउने कार्यविधि बनेको छ । नगरपालिकाका १० हजार घरधुरीमध्ये ६० प्रतिशत भन्दा बढी परिवारले पशुपालन गरेका नगरपालिकाको आंकलन छ ।

‘सुत्केरी भएको पहिलो दुई महिनाको अवधि पशुको स्वास्थ्य र दूध उत्पादनका दृष्टिले पनि संवेदनशील अवधि हो, यो अवधिमा पशुलाई स्वस्थ पौष्टिक आहार र दाना खुवाउनुपर्छ जसले वर्षभरि राम्रो गर्छ भन्ने सचेतना फैलाई किसानलाई पशुपालनमा प्रोत्साहन गर्न यो कार्यक्रम शुरुवात गरिएको हो’ प्राविधिक सहायक खनालले भने, ‘किसानलाई प्रशासनिक झन्झट नहोस् भनेर गोठको स्थलगत निरीक्षणमा गएकै बेला भत्ताको रकम नगदै दिने व्यवस्था मिलाइएको छ ।’

भत्ता रकम पशुलाई दाना, आहार र कुनै स्वास्थ्य समस्या भए उपचारमा खर्च गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको उनले बताए ।

अर्घाखाँचीमा दूध उत्पादनको प्रचूर सम्भावना भएकाले सदरमुकामको नगरपालिकाबाट शुरु भएको कार्यक्रम अन्य पालिकाले पनि अनुशरण गरेर जिल्लाव्यापी बन्न सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटा बताउँछन् । ‘गाई भैंसी सुत्केरी हुँदा भत्ता दिने कार्यक्रम प्रदेशकै पहिलो हो’ उनले भने, ‘दुधको उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउन यस्ता प्रोत्साहनमुखी कार्यक्रम सबै स्थानीय तहले ल्याउनु राम्रो हो ।’

नगरपालिकाले पशु बिमा गर्ने किसानलाई किसानले बेहोर्नुपर्ने रकमको ५० प्रतिशत लगानी अनुदान दिने नीति पनि लिएको छ । पशु बिमाका लागि यो वर्ष ६ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि

भर्खरै