होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ९०२ जनामा कोरोना संक्रमण पुष्टि, २२८७ जना डिस्चार्ज
समाचार

९०२ जनामा कोरोना संक्रमण पुष्टि, २२८७ जना डिस्चार्ज

  • नागरिक रैबार
९०२ जनामा कोरोना संक्रमण पुष्टि, २२८७ जना डिस्चार्ज

३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा ३०७ महिला र ५९५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । उनीहरुमध्ये ३०६ जनाको मृत्यु भएको छ भने ३२ हजार ९६४ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार २८७ जना डिस्चार्ज भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

काठमाडौं उपत्यकाका थप ३९६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कैलालीका ७७ जना, मोरङका ५१, सुनसरीका ३८, धनुषाका ३३, कास्कीका ३०, मकवानपुरका २४, रुपन्देहीका २१, चितवनका २०, सप्तरी, गोरखा र सुर्खेतका १८/१८ जना, झापाका १६, पर्साका १४, ओखलढुंगाका १३, बाराका १२, बाग्लुङका १० र कञ्चनपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहट, धादिङ र रामेछापका ८/८ जना, नवलपुर र बर्दियाका ७/७ जना, सर्लाहीका ६, बाँकेका ५, महोत्तरी र सिराहाका ४/४ जना, नुवाकोट, तनहुँ र दाङका ३/३ जना, उदयपुर, काभ्रे, दोलखा र लमजुङका २/२ जना तथा इलाम, सिन्धुपाल्चोक, पर्वत, स्याङ्जा, अर्घाखाँची, कपिलवस्तु, गुल्मी, नवलपरासी, रोल्पा र दैलेखका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै