होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, भदौ २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिमका ९३८ संक्रमित डिस्चार्ज, १०३ जना मात्रै अस्पतालमा
Breaking News

सुदूरपश्चिमका ९३८ संक्रमित डिस्चार्ज, १०३ जना मात्रै अस्पतालमा

  • नागरिक रैबार
सुदूरपश्चिमका ९३८ संक्रमित डिस्चार्ज, १०३ जना मात्रै अस्पतालमा

धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पतालबाट नौँ सय ३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा मंगलवार साँझ नौँ सय चार जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।

उनका अनुसार शुक्रवार मात्रै ३४ जना संक्रमितलाई विभिन्न अस्पताल र क्वारेन्टिनबाट घर पठाइएको छ। अछामबाट ३०, कैलालीबाट तीन र कञ्चनपुरबाट एक जनालाई डिस्चार्ज गरिएको उनले बताए। सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि बैतडीका दुई सय ५२, डडेल्धुराका एक सय ८८, डोटीका एक सय ५७, कञ्चनपुरका एक सय तीन र कैलालीका ९९ जना संक्रमितलाई अस्पताल र क्वारेन्टिनबाट डिस्चार्ज गरिएको छ।

अछामबाट ९०, बझाङबाट ३४, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ। कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन्।

विज्ञापन

यस्तै सुदूरपश्चिम प्रदेशका एक सय एक जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने झण्डै दुई हजार नौँ सय संक्रमति भने क्वारेन्टिन र घरमै रहेका छन्। मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा ४२, मालाखेती अस्पतालमा २०, महाकाली अस्पतालमा १८, सेती अस्पतालमा नौँ, अछाम अस्पतालमा १०, डोटी र बाजुरा अस्पतालमा दुई÷दुई जना गरी एक सय एक जनाको उपचार भईरहेको छ।

सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या तीन हजार ८ सय नाघेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार