राजेन्द्र बहादुर रोकाया/बाजुरा २६ जेठ। व्यापारीहरुले लकडाउनको समयमा खाद्यन्न सामाग्रीमा चर्को मुल्य बढाएको भन्दै जनगुनासो गरेपछि आईतबार बडीमालिकाले मार्तडी बजारको अनुगमन गरेको छ ।
बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको नेतृत्वमा खटिएको अनुगमन टोलीले नगरपालिकाको वडा नम्बर ८ र ९ मा पर्ने दुनिहाट बजार र माथिल्लो बजार अनुगमन गरेको हो ।
अनुगमन टोलीले दुनीहाटबजार र माथिल्लो बजारका केही व्यापारीहरुले म्याद गुर्जेका सामाग्रीहरु राखेर विक्री गर्ने गरेको पाईएको बताएको छ । कोरोना भाईस कोभिड १९ को महामारीको समयमा बजारमा मुल्य बृद्धि गरेकोे जनगुनासो आएपछि बजार अनुगमन गरीएको बडिमालिका नगरपालिका नगर उप प्रमुख कविता बिष्टले बताईन् ।
अनुगमन टोलीले मार्तडी बजारका पशलहरुमा अनुगमन गर्दा म्याद गुर्जेका करिव १५ हजार बरावरको अखाद्य बस्तुहरु बरामद गरि नष्ट गरेको छ । बजार अनुगमनमा बडीमालिका नगरपालिका नगर उप प्रमुख कविता बिष्ट, वडा नं. ९ का वडा अध्यक्ष बिनोद कुमार बि.क, घरेलु तथा साना उद्योग बिकास समिती बाजुराका कार्यालय प्रमुख, मानबहादुर चाट, उद्योग बाण्ज्यि संघ बाजुराका उपाध्यक्ष गोरख बहादुर बोहरा, कोलेनिका प्रतिनिधी, जिल्ला प्रशासन कार्यालयका राम कुवर चौधरी, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लोकेन्द्र सिंह ठगुन्ना लगायत पत्रकार सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु