होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, भदौ २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जिल्ला अस्पतालका अध्यक्ष थापाद्धारा कोलेनिकाका लेखापाललाई टेलिफोनबाट धम्की
देश/प्रदेश

जिल्ला अस्पतालका अध्यक्ष थापाद्धारा कोलेनिकाका लेखापाललाई टेलिफोनबाट धम्की

अध्यक्ष थापा भन्छन् गलत गर्नेलाई सम्झाएको मात्र हो

  • नागरिक रैबार
जिल्ला अस्पतालका अध्यक्ष थापाद्धारा कोलेनिकाका लेखापाललाई टेलिफोनबाट धम्की

नागरिक रैबार/बाजुरा २६ चैत्र । नेकपाका नेता तथा बाजुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल प्रकाश भट्टलाई टेलिफोन मार्फत धम्की दिएका छन् ।

अध्यक्ष थापा र लेखापाल भट्ट विचभएको ५४ सेकेन्डको टेलिफोन सम्बाद समामाजिक संञ्जाल मार्फत सार्वजनिक भएको छ ।

नेकपा नेता समेत रहेका थापाले टेलिफोन कुराकानिमा कर्मचारी भएर राजनीति गर्ने गरेको बताउदै लेखापाललाई भेटेर दुई थप्पड हान्ने धम्की दिएका छन् । सार्वजनिक अडियोमा नेता थापाले लेखापाल भट्टलाई राजनीति गर्ने रहर भए जागिर छोडेर आउनु समेत भनेका छन् ।

विज्ञापन

अडियोमा लेखापाल भट्टले त्यस्तो मैले के गरे हजुर ?प्रश्न गर्दा थापाले तपाईले अफिसियल गोप्य प्रमाणहरु बाहिर ल्याएको रिर्पोट मसंग आएको छ भनेका छन् ।

यस विषयमा नागरिक रैबारसंग कुरा गर्दै बाजुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष थापाले भने काेलेनिकाका लेखापाललाई धम्कीकाे शैलिमा नभई राम्ररी सम्झाएको बताएका छन् ।

थापाले भने “सार्वजनीक भएको अडियो ५४ सेकेन्डको मात्र आएको तर आफुले भट्टसंग ५ मिनेट ४३ सेकेन्ड ल्यान्डलाईन ०९७-५४१०१३ बाट कुरा भएको हो ।”

बुढिगंगा नगरपालिकाका उपप्रखुख तारा खातिले निमित्त कार्यकारी प्रमुख नरेन्द्र नाथलाई सोधिएको स्पस्टीकरणको जेपीइजी फाइल खेलापाल भट्टको म्यासेन्जर मार्फत काँग्रेस नेता तथा कार्यक्रतामा संजालीकरण गरेको अध्यक्ष थापाले बताए ।
सामाजिक र राजनैतिक ब्यक्तिले कसैले बदमासी थाहा पाए सचेत गराँउनु सवैको कर्तब्य भएको थापाको दावि छ । लेखापाल भट्टले भने यो विषयलाइ धेरै ठुलो नबनाई दिन अनुरोध अनुरोध गरेका छन् उनले आफूबाट कुनै कमजोरी वा गल्ती नभएको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १ दिन अगाडि