होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कैलालीमा ६३ जना सैनिकमा कोरोना पुष्टि
देश/प्रदेश

कैलालीमा ६३ जना सैनिकमा कोरोना पुष्टि

  • नागरिक रैबार
कैलालीमा ६३ जना सैनिकमा कोरोना पुष्टि

सुदूरपश्चिम – कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा आज कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती विसिले उक्त तालीम केन्द्रका २४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ मा कोरोनाको पुष्टि भएको जानकारी दिए । तालीम शिक्षालयका १२९ को नतिजा नेगेटिभ आएको जनाइएको छ ।

आज सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको ४४५ नमूनाको परीक्षणमा ७६ जनामा सङ्क्रमित पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

विज्ञापन

कोभिड–१९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलालीमा कुल सङ्क्रमित र सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् । आजसम्म कैलालीमा छ, बझाङ र बाजुरामा दुई/दुई तथा अछाममा एक गरी प्रदेशमा ११ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार