होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका दुई कर्मचारीलाई ‘निजामती सेवा पुरस्कार’
समाचार

सुदूरपश्चिमका दुई कर्मचारीलाई ‘निजामती सेवा पुरस्कार’

  • नागरिक रैबार
सुदूरपश्चिमका दुई कर्मचारीलाई ‘निजामती सेवा पुरस्कार’

धनगढी– आज देशभरि १७ औँ निजामती सेवा दिवस मनाइँदै छ। ‘स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन थालिएको हो। सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई कार्यालयमा नै भौतिक दूरी र न्यूनतम स्वास्थ्य मापदण्ड प्रयोग गरी दिवस मनाउन निर्देशन दिएको छ।

यस्तै १७ औं निजामती सेवा दिवसरको अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने सुदूरपश्चिमका दुई कर्मचारीलाई ‘निजामती सेवा पुरस्कार’ बाट पुरस्कृत गरिएको छ।

श्रम तथा रोजगार कार्यालय धनगढीका नायब सुब्वा जयदेव विष्ट र जिल्ला प्रशासन कार्यालय बाजुराका लेखापाल लालबहादुर विष्टलाई पुरस्किर गरिएको हो।

देशभरि उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती सेवा पुरस्कार ३० जनालाई दिइएको छ। सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट निजामती सेवा पुरस्कार भने कसैले पनि पाएका छैनन्।

निजामती सेवा ऐन जारी भएको दिनको सम्झानामा २०६१ सालदेखि भदौ २२ गते निजामती सेवा दिवस मनाइने गरिन्छ। नेपालमा करिब ८० हजार निजामती कर्मचारी रहेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार