नागरिक रैबार
बाजुरा २२ भदाै । जिल्ला प्रशासन कार्यालय बाजुरामा कार्यरत लेखापाल लालबहादुर विष्ट यस वर्षकाे निजामती सेवा पुरस्कार बाट पुरस्कृत भएका छन् ।
१७ औं निजामती सेवा दिवसरको अवसरमा निजामती सेवा तर्फ उत्कृष्ट कार्य सम्पादन गरेकाे भन्दै लेखापाल विष्ट ‘निजामती सेवा पुरस्कार’ बाट पुरस्कृत भएका हुन् ।
२६ वर्ष अघि निजामती सेवामा प्रवेश गरेका विष्टले निरन्तर बाजुराली जनताको सेवामा समर्पित हुँदै सेवा दिदै अाएका छन् ।
निजामती सेवामा २६ वर्षदेखि निरन्तर सेवा गरिरहेका विष्टलेे यसवर्षकाे निजामति सेवा पुुुुरस्कार पाएपछि उनका अाफन्त तथा शुभचिन्तकहरूले सामाजिक संजालमार्फत बधाई दिईरहेका छन् ।
‘स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस प्रत्यक वर्ष भदाै महिनाकाे २२ गते मनाईदै अाएकाे छ ।
निजामती सेवा ऐन जारी भएको दिनको सम्झानामा २०६१ सालदेखि भदौ २२ गते निजामती सेवा दिवस मनाइने गरिन्छ। नेपालमा करिब ८० हजार निजामती कर्मचारी रहेका छन्।
फेसबुक प्रतिक्रियाहरु