होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • प्रदेशको पूर्वाधार विकास: उहीँ पुरानो बाटो झाड्न १० लाख, बस्ती जोगाउँन् शुन्य
Breaking News

प्रदेशको पूर्वाधार विकास: उहीँ पुरानो बाटो झाड्न १० लाख, बस्ती जोगाउँन् शुन्य

  • नागरिक रैबार
प्रदेशको पूर्वाधार विकास: उहीँ पुरानो बाटो झाड्न १० लाख, बस्ती जोगाउँन् शुन्य

नागरिक रैबार/बाजुरा २५ जेठ ।
सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश पूर्वाधार कार्यक्रम अन्तरगत बाजुरा जिल्लाको बडीमालिका नगरपालिका भित्रपर्ने बस्तीको सुरक्षा भन्दापनि पुराना बाटाघाटा निर्माणमा लाखौँको बजेट विनियोजन गरेको पाईएको छ ।

प्रदेश पूर्वाधार कार्यक्रम अन्तरगत वडीमालिका नगरपालिका वडा नं. ९ स्थित सनाईबाडाको पुरानो नापी कार्यालय हुँदै जिउलासम्म पुरानो मर्मतका लागि ५ लाख विनियोजन गरेको छ भने खारगाडा देखि रजालीसम्मको बाटो निर्माणमा १० लाख रकम विनियोजन गरेको छ ।

त्यस्तै ढम्कनेदेखि कालाजग्रा पुग्ने उहीँ पुरानो बाटो निर्माणका लागि १० लाख बजेट विनियोजन गरेको छ । पाथरकोट आधारभूत विद्यालय रिला स्कूलको घेरबारका लागि भने ५ लाख र पाटा तट्बन्धनका लागि १० लाख रकम विनियोजन गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रमुख स्वकीय सचिव जंग वि.कले बताएका छन् ।

विज्ञापन

प्रदेश सरकारको यो पूर्वाधार विकास कार्यक्रम पुरानै शैलीको निरन्तरताबाट बजेट विनियोजन भएकोमा बडीमालिका नगरपालिका वडा नं. ९ स्थिति अनाई बस्ने गोरख बहादुर वि.कले गुनासो गरेका छन् ।

उनले भने रजालीको बाटोमा पहिला प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत बाटो निर्माण भईसकेकोमा पुनः १० लाख रकम हाल्ने, हामी खोला किनारका बाढीको उच्च जोखिममा भएका बस्तीलाई कुनै वास्ता नगरेकोमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयप्रति आक्रोश व्यक्त गरेका छन् ।

वर्षातको समयमा सुत्केरी महिला, सानातिना केटाकेटी, बुढाबुढी निकै तरसित भएर रात काट्ने गरेको बताए । माथि मार्तडी कोल्टी सडक खण्डको दोहोरो कटिङ्ग चलिरहेको । ढुङ्गा र पुरै रेत आएर घरखेत पुर्ने डर छ । उता अनाई खोलाले बगाउँला भन्ने डर छ । पारिपट्टिबाट बाहुली खोलाले अनाई खोला थुनेर डुबानमा पार्ने डर छ ।

आफू अनाई खोला र बाहुली खोलाको दोभानमा ज्यान जोखिम गरि बसी रहेका छौँ, उनले भने । यहाँ अनाई, बाउली र झराउलेका ३० पैतीस दलित समुदायका घरेखेत बाडीको उच्च जोखिम मोलिरहेकोमा सरकार बेलकुल वेखबर रहेकोमा शिक्षक मन बहादुर शार्कीले चिन्ता व्यक्त गरेका छन् ।

एकतिर मार्तडी कोल्टी सडक खण्डको दोहोरो कटिङ्गले घरबार पहिरोको जोखिम मोल्दैछ भने अर्कोतिर बाहुली खोलाको क्रसर उद्योगले अव्यवस्थीत तवरबाट बाउली खोलाको उल्खनन गरेको छ । यसले बर्षातको समयमा बाढीले निकै समस्या पार्ने देखिन्छ शिक्षक शार्कीले बताए ।
बाहुली खोलाबाट विद्युतको मुहानको पारिपट्टि खर्राखेत तर्फ तटबन्धन लगाएको भएपनि यता वारिपट्टि बाउली खोलाले पुरै दलित समुदायको घरखेत नै सखाप पार्ने देखिन्छ, उनले थपे । कयौपटक स्थानीय सरकारलाई भन्यौँ । प्रदेश सरकार तथा संघीय सरकारका माननीयलाई भन्यौैँ कसैले केही सुनुवाई गरेनन् ।

सरकारले मानवीय सम्बेदना समेत नबुझेर बाटाघाटा झारझुर पार्नमा लाखौँको बजेट विनियोजन गरेर समुदायलाई देखाएको सदासयतले पुष्ट्याउन खोजेको के हो ? सरकारलाई बाटाघाट पुनः निर्माण गर्नै हुँदैन् चाहीँ भनेको होईन् । विकास गरिरहँदा पहिलो प्राथमिकता केमा भन्ने चाहीँ हुनपर्छ पत्रकार महासंघका निवर्तमान अध्यक्ष मदन राज जोशीले भने ।

रजाली जाने बाटो भन्दा पहिला तल खारगाडले रजालीका देखि हामीलाई ओहोरदोहोर गर्न कम्ता सास्ती दिएको छ । जिल्लीको परिवनबाट निरन्तर पहिरो, बाढी आएर खारगाड नजिकको घरखेत बगाएर बेहाल्छ । पोहोर सालको वर्षातको समयमा किसानका धान रोपेका खेत बगायो । पाँचसात जनाका घरपसल बगायो । यस विषयमा चिन्ता कसैको छैन् । हामी विहान बेलुका दाउरा घाँस गरेर ओहोर दोहोर गर्छाै । हामी पुरै पारिगाउँलेको बसोबास रहेको रवामा खारगाडा खोलाले खेत कटान गरिरहेको छ । वन बगाई रहेको छ । यसमा हेर्नु छैन् सरकारपनि के हो के हो स्थानीय गचे चँदाराले दुखेसो पोखे ।

त्यस्तै वडीमालिका नगरपालिका वडा नं. ९ उखाडीका १२ पन्द्र दलित समुदाय र पुरै वाहुन गाउँ बाढीपहिरोको उच्च जोखिममा छ । बस्तीको सिरानबाट मार्तडी रजाली हुँदै अम्लीस जाने सडक निर्माण भईरहेको छ । यसले तलपट्टि रहेको गाउँलाई वर्षातको समयमा निकै असर गर्ने गरेको स्थानीय बाडीपडित सौरे लवारले भने हामीलाई छाकबासको उचित व्यवस्था गर्नुपर्छ सरकारले । हामीलाई माथि हेरे भिर तल हेरे खोला कता जाउँ कता जाउँ भएको छ भन्दै नागरिक रैबारसंग गुनासो गरे ।

वर्षातको बेला छाता ओडेर लाटाघटाल मन्दीरको डाँडामा बालबच्चा सहित रात हेरी काट्छौँ । तल बाउली खोलाले कटान गरिरहन्छ । माथिबाट पहिरो आउने डर छ । राती ढुङ्गा आउँछन् । कम अफ्ठेरो छ हामीलाई ? उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार