होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्थापनाको १६ वर्ष पछि बाजुरामा पत्रकारको आफ्नै भवन
समाचार

स्थापनाको १६ वर्ष पछि बाजुरामा पत्रकारको आफ्नै भवन

अब आफ्नै भवनबाट कार्यालय सञ्चालन गरिने

  • नागरिक रैबार
स्थापनाको १६ वर्ष पछि बाजुरामा पत्रकारको आफ्नै भवन

नागरिक रैबार/बाजुरा २१ मंसिर। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले बाजुरामा पत्रकार महासंघ स्थापना भएको १६ बर्षपछि आफ्नै भवन निर्माण गरेको छ ।

महासंघले लामो समयको प्रयासपछि बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा आफ्नै भवन निर्माण गरेको हो । शनिबार हिन्दु परमपरा अनुसार पुजापाठ गरेर आइतबार आजबाट आफ्नै भवनमा कार्यालय संचालन गरिएको छ । शाखा स्थापना भएको १६ बर्षपछि आफ्नै भवन निर्माण गरेर आईतबारबाट कार्यालय सञ्चालन समेत गरिएको महासंघका अध्यक्ष प्रकाश सिंहले बताएका छन् ।

महासंघ अध्यक्ष सिंहको नेतृत्व चयन भएपछि पहिलो बैठकमै यो कार्यसमितिले बाजुरामा पत्रकारको आफ्नै भवन बनाउने निणर्य गरेको थिया । महासंघको भवन निर्माणका लागि जग्गा खरिद गर्न जिल्लाका ९ वटै स्थानीय तहले सहयोग गरेका थिए ।

विज्ञापन

महासंघले आफ्नै जग्गा २ वर्ष अगाडि किनेको थियो । जग्गा किनेको १ वर्षपछि भवन निर्माणका लागि सुदुर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको कार्यालयबाट ३० लाख रकम विनियोजन गरिएको थियो ।


नेपाल पत्रकार महासघंका पुर्ब पदाधिकारी तथा बर्तमान कार्यसमितिका पदाधिकारीहरुको महत्पुणर् श्रमदानले बाजुरामा पत्रकार महासघंको जग्गा किन्न सफल भएको र सो भवन निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको सहयोगमा भवन निर्माण कार्य सम्पन्न भएको पत्रकार महासघं बाजुरा शाखाका सचिव प्रेम बिकले बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार