होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रुकुमको आठबीसकोटका विद्यालय सातै दिन खोलिने
समाचार

रुकुमको आठबीसकोटका विद्यालय सातै दिन खोलिने

  • नागरिक रैबार
रुकुमको आठबीसकोटका विद्यालय सातै दिन खोलिने

२१ मंसिर, सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सातै दिन विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण धेरै समय विद्यालय बन्द भएकाले अब सातै दिन सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

विशेष परिस्थितिका कारण बन्द भएका विद्यालय अब निरन्तर सञ्चालनमा आउने नगरपालिकाका शिक्षा परीक्षक थलवीर वलीले बताए । ‘बिदाको समयलाई पनि शैक्षिक र अतिरिक्त क्रियाकलापमा जोडेका छौं,’ शिक्षा परीक्षक वलीले भने, ‘अब शुक्रबार पूरै दिन पढाइ हुन्छ । शनिबार अतिरिक्त क्रियाकलाप सञ्चालन हुनेछ ।’

नगरभित्रका ६१ वटा समुदायिक र २ वटा संस्थागत विद्यालयमा अब बिदाको दिन पनि पठनपाठन र अतिरिक्त क्रियाकलाप सञ्चालन हुनेछ ।

चालु शैक्षिक सत्रमा पनि सरकारी कार्ययोजनाअनुसार १ सय ९२ दिन नै पढाइ हुने व्यवस्था मिलाउने वलीले बताए । ‘सरकारको सिकाइ मापदण्ड अनुसार २२० दिन विद्यालय खुल्नुपर्छ भने १९३ दिन पढाइ हुनुपर्ने हुन्छ,’ परीक्षक वलीले भने, ‘हामी सम्पूर्ण बिदा कटाएर १९२ दिन विद्यालयमा पढाउँने छौं ।’

आठबीसकोटमा २०७६ चैत ११ गतेदेखि बन्द भएका विद्यालय कात्तिक १६ गतेदेखि सञ्चालन गरिएको थियो । नगरपालिकाको उक्त निर्णयले विद्यार्थी, शिक्षक र अभिभावक उत्साहित भएको कालिका माविका प्राचार्य जयबहादुर बटालाले बताए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार