होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • फूलैफूलको मौसम तिमीलाई…
समाचार

फूलैफूलको मौसम तिमीलाई…

  • नागरिक रैबार
फूलैफूलको मौसम तिमीलाई…

२१ कात्तिक, काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहारको बेला घर सिँगार्न, पूजा गर्न, दाजुभाइ–दिदीबहिनीलाई माला लगाइदिन फूल आवश्यक पर्छ । अर्थात् तिहारमा नभइ नहुने चीज हो फूल । त्यसैले पनि होला तिहारलाई फूलहरुको चाड भनेर पनि चिनिन्छ ।

मखमली, सयपत्री, गुर्धौली फूल यतिबेला ढकमक्क भएका छन् । व्यवसायिक उद्देश्यले धेरै जग्गामा लगाइएका फूल एकैपटक फूल्दा त हाम्रो नेपालको डाँडाकाँडा अझै सुन्दर देखिएका छन् ।

 

काठमाडौंको इचङ्गुनारायणमा देखिएको यो मौलिक नेपाली घर र घर वरिपरि फूलेका सयपत्री फूलको यो दृष्य साँच्चै सुन्दर छ । घर–पसल सिँगार्ने, गलामा पहिर्याइदिने मालामा प्रयोग हुने फूलले अहिलेको मौसमलाई साँच्चै मखमली बनाइदिएका छन् । सायद यस्तै सुन्दर दृष्य देखेरै होला रत्नशमसेर थापाले गीत लेखे होलान्– फूलैफूलको मौसम तिमीलाई…।

 

तिहार सुरु हुन केही दिन मात्र बाँकी हुँदा व्यवसायीहरुको व्यस्तता बढेको छ । बारीका फूल टिपेर माला गाँस्ने र बजार पुर्याउने काम गर्न उनीहरुलाई भ्याइनभ्याई छ ।

यस वर्ष कोरोना संक्रमणको कारण खासै रौनक नभएको र मलमासको कारण चाडबाड पछि परेकाले व्यवसायीहरुलाई अघिल्ला वर्षहरुमा जस्तो चटारो भने छैन । बिगतमा धान भित्राउने बेला र तिहारको दिन सँगसँगै जस्तो पर्ने हुँदा किसानहरुलाई चटारो हुन्थ्यो । तर यस वर्ष तिहार अलि पछि परेकाले धान भित्राइसकेर तिहारको तयारी गर्न उनीहरुलाई अलि सहज भएको छ ।

 

तिहारमा सबैभन्दा धेरै खपत हुने फूल सयपत्री र मखमलीको हो । गुर्धौली फूलको पनि माग हुने गरेको छ । घर पसल सिँगार्नेहरुले गुलाबका फूलको पनि प्रयोग गर्ने गरेका छन् । तर, गुलाबको फूल तुलनात्मक रुपले महँगो हुने भएकाले सयपत्री र मखमलीभन्दा कम नै खपत हुने गरेको व्यवसायीहरु बताउँछन् ।

 

तिहारलाई लक्षित गर्दै अघिल्ला वर्षहरुमा विदेशबाट पनि फूल आयात हुन्थ्यो । तर यस वर्ष तिहारलाई पुग्ने फूल स्वदेशमै उत्पादन भएको पुष्प व्यवसायीहरुको संस्था नेपाल फ्लोरिकल्चर एशोसिएसनले जनाएको छ । ‘यस वर्षको तिहारमा स्वेदशमै फूलेका फूलका माला हाम्रा गलामा झुण्डिनेछन्,’ एशोसिएसनका अध्यक्ष कुमार कसजुले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै