बुटवल । प्रदेश ५ को राजधानी भालुवाङ कायम भएको छ । राजधानी भालुवाङको पक्षमा प्रदेश सभाका ६९ जना सदस्यले मतदान गरेका छन् ।
फ्लोर क्रस गरेका केही प्रमुख प्रतिपक्षका सांसदले पनि मतदान गरेपछि भालुवाङ राजधानी बनाउने प्रस्तावको पक्षमा ६९ मत परेको छ । विपक्षमा १३ मत परेको छ ।
अस्थायी राजधानी बुटवल रहेको थियो । अब प्रदेश ५ को राजधानी भालुवाङ र आसपासको क्षेत्र हुने भएको छ ।
फेसबुक प्रतिक्रियाहरु