होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वदेशमै गरि खानेलाई यही माटो चलाए पुग्छ – सहायक प्रजिअ भण्डारी
समाचार

स्वदेशमै गरि खानेलाई यही माटो चलाए पुग्छ – सहायक प्रजिअ भण्डारी

  • नागरिक रैबार
स्वदेशमै गरि खानेलाई यही माटो चलाए पुग्छ – सहायक प्रजिअ भण्डारी

नागरिक रैबार/बाजुरा २१ भदौ । बाजुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले स्वदेशमै केही गरि खाने युवाहरुले आफ्नो ठाउँको यसरी नै माटो चलाए पुग्ने बताएका छन् ।

शनिवार दिउँसो बडीमालिका नगरपालिका वडा नं. ९ स्थित अनाई खोलाको किनारमा व्यवसायीक रुपमा टमाटर खेति गरिरहेकी माया विकको तरकारी खेतीको अवलोकन गर्दै सो कुरा बताएका हुन् ।

विज्ञापन

तरकारी बारीमै पुगेका बेला सहायक प्रजिअ भण्डारीले ग्रामिण महिला कृषकहरुलाई उनीहरुको ज्ञान, शिप तथा लगनशिलता हेरेर राज्यले आवश्यक लगानी गरे किसानको जनजिविकामा फरक आउँनेमा विश्वास रहेको बताउँनु भएको छ ।

सहयोगी महिला कृषक समुहकी सदस्य माया विकको मायाको बारी तथा व्यमौसमी कृषि फार्ममा सहायक प्रजिअ भण्डारी संगै कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख गोविन्द्र सिँजापति लगाएतको टोली तरकारीबारीमा पुगेको थियो ।

टोलीमा संलग्न कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख सिँजापतिले किसानको प्रगति, समस्या, समाधान र थप हौसलाका लागि आवश्यक कुराको जानकारी दिन यसरी जो जाँहाका किसान भएपनि उनीहरुको खेतबारीमा पुग्ने गरेकोे बताउँनु भएको छ ।

युवाहरुले व्यरोजगार भयौँ भन्दै राज्यलाई दोस देखाउँन मात्र ठुलो कुरा होईन् । बरु राज्यबाट हुन सक्ने सेवा र आफूले गर्न सक्ने कामको वारेमा जानकारी लिई आय–आर्जनका काममा अघि बढे राज्यलाईपनि सपोट हुने साथै स्व्यम्को व्यक्ति र समाजको पनि आर्थिक समुन्नत हुनेमा कृषकको बारीमा पुगेका प्रायः कर्मचारीले नागरिक रैबारसँग कुरा राखे थिए ।

आफ्नो मेहेनतबाट टमाटर खेती सुरुवात गरि रहेकी महिला किसानलाई ज्ञान केन्द्रको पनि लगानी रहेको उहाँले बताउँनु भएको छ । गतवर्ष पिछडीएका वर्गहरुको आयआर्जनमा बृद्धि गर्ने हेतुले व्यवसायिक महिला किसानहरु मध्येबाट मलाई प्रोत्साहन स्वरुप तीस हजार अनुदान सहयोग गरेको र सरकारको लगानीको प्रतिफल देखाएको कृषक माया वि.कले बताईन् ।

च्याउ खेती गर्दापनि कृषि ज्ञान केन्द्रले सहयोग गरे वाफत प्रतिफल राम्रै निकालेको उनले बताईन् । यसमा आवश्यक थप तालिम पाएमा केही फरक तरिकाले व्यवसाय गर्ने उनले बताईन् । बारीमा तरकारी किन्न गएका एक कर्मचारीको जिज्ञासामा कृषक वि.कले कृषि पेशा त गरेकै हो, जहिल्यै । तर यसको प्राविधिक ज्ञानको कमि थियो । त्यो पुरा गर्ने काम मानव संशोधन केन्द्र एचआरसी बाजुरा नामक गैरसरकारी संस्थाले गर्यो ।

पछि काम गर्दै जाँदा आएका समस्या समाधानको खोजिमै रहँदा साहास नेपाल नामक संस्थाले टनेल हाउस निर्माणमा प्राविधिक सहयोग तथा केही सामाग्री सहयोग गरेर थप प्रेरणा दियो ।माईतीको जमिन प्रयोग गरेको छु । अहिलेलाई त जसो तसो टारेको छु ।

केही सहयोग गर्न पाएको छैन् , माईतीलाई भन्दा साहास नेपालले समुहमा आवद्ध हुनुुस् – जग्गा भाडा हामी तिरिदिन्छौँ भन्नु भयो । म समूहमा आवद्ध भए । साहासले १२ हजार ५ सय एक वर्षको भाडा तिरिदियो ।

यो पनि थप हौसला कै श्रोत बन्यो मेरा लागि । बडीमालिका नगरपालिका कृषि विकास शाखाका प्राविधिक गोरख रावलले प्राविधिक ज्ञान त दिए तर, आफू अशिक्षित महिला भएकाले सबै कुरा लिखित गर्न नसके नि व्यवहारमा केही कुरा उर्तान सक्ने उनले बताईन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार