होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडी-कोल्टी सडक ३ महिना देखि बन्द, स्थानियलाई सास्ती
Breaking News

मार्तडी-कोल्टी सडक ३ महिना देखि बन्द, स्थानियलाई सास्ती

  • नागरिक रैबार
मार्तडी-कोल्टी सडक ३ महिना देखि बन्द, स्थानियलाई सास्ती

रामबहादुर विक/बाजुरा २१ भदाै । सदरमुकाम मार्तडी-कोल्टी सडक खण्ड तिन महिना देखी अवरुद्ध भएको छ । असार पहिलो हप्ताबाट अवरुध भएको मार्तडी कोल्टी सडक खण्ड भाद्र मसान्त सम्म खोल्न सकेको छैन । अविरल बर्षातका कारण ठाँउ ठाँउमा भत्किएर बन्द भएको सडक तिन महिना विति सक्दा पनी सुचारु नभएको पाइएको छ ।

सडक सूचारु नहुदा मार्तडी देखी कोल्टी सम्म जान र सामान ढुवानी गर्न निकै सास्ती भएको स्थायिहरुले बताएका छन् । बडिमालि नगरपालिका र बढिनन्दा नगरपालिकाको विचमा पर्ने मार्तडी कोल्टी सडक खण्ड सूचारु नभएपछी छिमेकी जिल्ला मुगु , हुम्लाका नागरिकलाई आवतजावत गर्न पनी अप्ठरो भएको छ ।

सडक असारको पहिलो साता देखि अविरल बर्षातले तल , माथी बाट पहिरो आएर ठाँउ ठाँउमा सडक विग्रिएको छ । पहिरो आएर बन्द भएको सडक नखुलेपछि यातायातका साधान साना गाडी र ट्याक्टर सन्चालनमा आउन नसकेको गाडी चालकहरुले बताएका छन् । तिन महिना देखि सडक अबरुद्ध हुदाँ निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न असहज भएको र दैनिक उपभोग्य सामानाको अभाव भएको स्थानियहरुले बताएका छन ।

विज्ञापन

मार्तडी कोल्टी सडक खण्डमा ठूला सवारी साधन सूचारु नभएपनी साना मालबहाक सवारी साधान असार भन्दा पहिला चलिरहेका थिए । तर असार पहिलो साताबाट सडक वन्द भएर सवारी साधान नचलेपछी दुई घन्टामा पग्ने सामान खच्चड मार्फत ढुवानी गरी एक दिन लगाई एक केजीको २५ रुपैया भन्दा बढि तिर्नु परेको बताउन्छ व्यापरी सुरेन्द्र नाथ योगी यता मार्तडी कोल्टी सडक खण्ड र भौनेरा सडक खण्ड निर्माणका लागी प्रदेश सरकार र संघिय सरकारको साझेदारीमा ठेक्का चेन्ज भएको र यस विषयमा बडिमालिका नगरपालिकाले पत्राचार गरिसकेको बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बुडुवाले बताउनु भयो ।

तिन महिना देखी सडक अवरुध भएपछी पुर्वी उत्तरी क्षेत्रका चार ओटा पालिकाका स्थानियहरुलाई आवत जावत गर्न निकै सास्ती खेप्नु परेको उनीरुहले बताएका छन् । यता सांफे मार्तडी सडक खण्ड पनी अहिले सम्म सुचारु नभएको र गौमुल सडक खण्ड , भौनेरा सडक खण्ड लगाएतका ग्रामिण सडकहरु पनी सूचारु हुन सकेका छैन् ।

सरकारले सडक स्तरोन्नतिमा ध्यान नदिँदा नागरिकले बर्खायाममा पटक पटक सास्ती खेप्नु परेको छ । जोखिमपूणर् सडकका कारण पर्यटकीय गन्तव्य कालाजगा्र आउने यात्रुले पनि निकै समस्या झेलेर फर्किने गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार