नागरिक रैबार
बाजुरा २४ जेठ । साहित्यकार रिता शाहीको पहलमा बुढीगंगा नगरपालिकाका विपन्न १४ परिवारलाई राहत स्वरूप खाद्यन्न वितरण गरिएको छ ।
साहित्यकार शाहीकाे पहलमन बुढीगंगा नगरपालिका २ र ३ नम्बर वडाका अति विपन्नका लागि २० हजार बराबरको खाद्यन्न राहत वितरण गरिएको हाे ।
सामाजिक अभियान्ता सम्राट सिंह बस्नेतको सहयोगमा विपन्न परिारलाई खाद्यान्न वितरण गरिएको साहित्यकार रिता शाहिले बताईन् ।
लकडाउनकाे समयमा बुढीगंगाका विपन्न परिवारको समस्या बारे सामाजिक अभियान्ता एवं समाज सेवी बस्नेतलाई सुनाएपछि विपन्न परिवारलाई २० हजार बराबरको राहत उपलब्ध गराईएकाे शाहीले बताएकी छन् ।
प्रत्येक परिवारलाई १५ केजी चामल, एक पोका तेल, एक केजी चिनी, र एक पोका नुन राहत स्वरुप सहयोग गरिएको हो ।
फेसबुक प्रतिक्रियाहरु