नागरिक रैबार/बाजुरा २३ माघ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा मृत्यु भएका दुवै जनाको भाईरल ज्वरोका कारण नभई दिर्घरोगका कारण मृत्युु भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
बुधबार गृह मन्त्रालयलाई आधिकारीक पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले स्वामिकार्तिक १ साप्पाटाका ९० वर्षिया दलबहादुर रावल र ५५ वर्षिया प्रमिला कडाराको भाईरल नभई दिर्घरोगका कारण मृत्यु जानकारी गराएको छ ।
जिल्ला प्रशासनले गृह मन्त्रालयलाई आधिकारीक पत्राचार गर्दै जिल्लाको हिमाली गाउँपालिकामा विगत केही दिन देखि फैलिएको रुघाखोकीबाट हालसम्म प्रभावित भएका ४ सय ४७ जनालाई उपचार गरिएको र रुघाखोकीकै कारण कुनैपनि विरामीको मृत्यु नभएको जिल्लाबाट गएका स्वास्थ्यकर्मी र स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीबाट निरन्तर उपचार कार्य भईरहेको औषधी अभाव नरहेको र अवस्था नियन्त्रणमा रहेको जानकारी गराएको छ ।
त्यस्तै स्वामीकार्तिक खापर गाउँपालिका वडा नं. १ जोरुमा रुघाखोकी फैलिएको जानकारी प्राप्त हुन आएकोले सो स्थानमा औषधी सहितका स्वास्थ्यकर्मीको टोली परिचालन भईरहेको र स्वास्थ्यकर्मीबाट प्राप्त सूचना अनुसार ९० वर्षिया दलबहादुर रावल र ५५ वर्षिया प्रमिला कडाराको दिर्घदम रोगका कारण मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाजुराले गृहमन्त्रालयलाई जानकारी दिएको पत्रमा उल्लेख गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु