होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • माया विक बलात्कारपछि हत्या प्रकरण : संलग्नलाई जन्मकैदको फैसला
अपराध

माया विक बलात्कारपछि हत्या प्रकरण : संलग्नलाई जन्मकैदको फैसला

  • नागरिक रैबार
माया विक बलात्कारपछि हत्या प्रकरण : संलग्नलाई जन्मकैदको फैसला

कैलाली । जिल्ला अदालत कैलालीले सामुहिक वलात्कारपछि हत्या प्रकरणमा दोषी देखिएकाहरुलाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले बुधबार यस्तो फैसला सुनाएको हो ।

कैलाली गौरीगङ्गा नगरपालिका–११ की २१ वर्षीया माया विकको बलात्कारपछि हत्या गरिएको थियो । २०७५ साल असार १२ गते घरबाट कार्यालय हिँडेकी विकको शव असार १५ मा गौरीगङ्गा नगरपालिका–११ कै चपथली सामुदायिक वनमा भेटिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा बलात्कारमा संलग्न रहेको भन्दै प्रहरीले गौरीगंगा–११ का गणेश बडूवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र दीपेन्द्र बोगटीलाई पक्राउ गरेको थियो । पाँचै जनाविरुद्ध कर्तव्य ज्यान, जबरजस्ती करणी र अपहरण अन्तर्गत मुद्दा चलाइएको थियो ।

विज्ञापन

प्रतिवादीमध्यकै भुवन खाती र सुरज चौधरीलाई ज्यानसम्बन्धी महलको १३ वमोजिम सजाय हुने र जर्वजस्ती करणीमा पनि सजाय हुने अदालतको फैसला छ । यसो हुँदा उनीहरुले जन्मकैदको सजाय भोग्नुपर्ने हुन्छ ।त्यस्तै दुई जना अरु प्रतिवादी गणेश बडुवाल र मनोज बोगटीका हकमा ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम कारवाही हुनेछ ।

अर्का प्रतिवादी टपेन्द्र वोगटीलाई ज्यानसम्बन्धी महलको १७ (२) अनुसार ५ वर्ष कैदको फैसला भएको अदालतका सुचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए । अदालतको फैसलापछि पीडित परिवारले ढिलै भएपनि न्यया पाएको प्रतिकृया दिएका छन् । मायाका ठुलोबुबा खड्ग विकले न्याय मरेको रहेनछ भन्ने अनुभुति भएको बताए । रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार