होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा सचिवालय बैठक सुरु, ओली पनि सहभागी
समाचार

नेकपा सचिवालय बैठक सुरु, ओली पनि सहभागी

  • नागरिक रैबार
नेकपा सचिवालय बैठक सुरु, ओली पनि सहभागी

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् । यसअघि गत मंगलबार बसेको बैठकमा ओली सहभागी भएका थिएनन् ।

सो बैठकले शनिबारको बैठकमा ओलीलाई सहभागी हुन अनुरोध गर्दै १८ गतेका लागि तय भएको स्थायी समिति बैठक समेत मंसिर २१ का लागि सार्ने निर्णय गरेको थियो ।

विज्ञापन

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालय बैठक तय भएको समयभन्दा १ घण्टाअघि नै बालुवाटार पुगेका थिए । बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच ‘वा टू वान’ वार्ता समेत भएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेका अलग–अलग प्रस्तावमाथि छलफल गर्ने तयारी छ । गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष प्रचण्डले एकल प्रस्ताव पेस गरेका थिए ।

यस्तै मंसिर १३ को बैठकमा ओलीले जवाफ पेस गरेका थिए । त्यसपछि गत मंगलबार बसेको बैठकमा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले बैठक तीन दिनसम्म स्थगित गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार