काठमाडौं— ढोका नजिकै उभिएर ६ वर्षीय छोरीले ‘मामु ! अब अस्पतालमा हजुरले जागीर नखानुस्’ भनेर पटकपटक गर्ने अनुनयको शब्दले नर्स शोभा शर्माको मन सधैँ खिन्न हुन्छ । होमआइसोलेशनमा कोठामा सीमित भएर लामो समयदेखि बसिरहँदा भmयालबाट बाहिर को हिँडिरहेको छ, को बोलिरहेको छ भनेर च्याउँने समय जीवनमा आउँला भनेर नर्स शर्माले कल्पनासम्म गरेकी थिइनन् ।
छाउनी स्थिति सैनिक अस्पतालमा कार्यरत शर्मालाई केही समयअघि अस्पतालको सिढी चढ्ने–ओर्लने क्रममा केही गाह्रो भएको भएको महसूस गरेकी थिइन् । उनले ठानिन्, कामको धपेडीले गलेको कारण त्यस्तो भएको होला । तर त्यसको दुईतीनपछि ज्वरा आउने, रुघाखोकी लाग्न थाल्यो । उनलाई कतै आफू कोरोना संक्रमित त भइनँ भन्ने शंका लाग्यो । पिसिआर परीक्षण गर्दा भदौं १६ गते उनलाई कोरोना पोजेटिभ देखियो ।
आफू नर्स भएको तथा अस्पताल जाने–आउने भएकाले बैशाखबाट नै उनले घरमा विशेष सावधानी अपनाएकी थिइन् । घरमा उनले जनस्वास्थ्यको नियमहरुको पालना गर्ने तथा परिवारका अन्य सदस्यजनबाट आइसोलेट भएर छुट्टै बस्दै आएकी थिइन् । कोरोना पोजेटिभ देखिएपछि उनी कडाइका साथ होमआइसोलेनमा बसिन् ।
त्यसो त आफू नर्स भएको तथा अस्पताल जाने–आउने भएकाले बैशाखबाट नै उनले घरमा विशेष सावधानी अपनाएकी थिइन् । घरमा उनले जनस्वास्थ्यको नियमहरुको पालना गर्ने तथा परिवारका अन्य सदस्यजनबाट आइसोलेट भएर छुट्टै बस्दै आएकी थिइन् । कोरोना पोजेटिभ देखिएपछि उनी कडाइका साथ होमआइसोलेनमा बसिन् । करिब १६ दिनको बसाइपछि पुनः पिसिआर परीक्षण गर्दा कोरोना रिर्पोट नेगेटिभ आयो ।
रिर्पोट नेगेटिभ आए पनि उनको मन प्रफुल्ल भने छैन । विगत सात महिनादेखि एउटै घरमा छोरीसँगै बसेपनि नजिकैबाट उनलाई स्याहारसम्भार गर्न, अँगालो मार्न तथा अघिपछि झैँ आमाको ममता बाड्न नपाउँदा उनको मन भारी र खिन्न छ । कुराकानी क्रममा उनको गला पटक पटक अवरुद्ध भएबाटै त्यो कुराको सहजै अनुमान लगाउन सकिन्थ्यो । एउटै घरमा रहे पनि परिवारका प्रियजनबाट अलग्गै आइसोलेज भएर बस्नुपर्दा उनी छोरी तथा अन्य प्रियजनसँग भर्चुअल माध्यमबाट कुराकानी र भेटघाट गर्ने गर्थे । कोरोना संक्रमण भएपछि त झन भर्चुअल कुराकानी र भेटघाटकै साहारा लिनुको विकल्पनै भएन ।
घरमा छोरी रहेकी तथा अस्पतालमा कोराना संक्रमण हुन सक्ने खतरा बढी रहेकोले उनले पूर्णतः सावधानी अपनाएकी थिइन् । जनस्वास्थ्यका नियमहरुको पालना रत्तिभर पनि नबिसाइकन गरेकी थिइन् । तर साबधानी अपनाउँदा अपनाउँदै पनि उनलाई अस्पतालमा कार्यरत रहँदा नै कोरोना संक्रमण भएको थियो ।
त्यसो त उनी कार्यरत अस्पतालमा कोभिडका बिरामीलाई उपचार गर्ने छुट्टै वार्ड छ । तर अन्य अन्य वार्डमा रहेका विरामीहरुलाई कोरोना संक्रमण भए–नभएको थाहा पाउन सकिन्न । कतिपयमा थाहा नपाइकनै गैर लाक्षणिक समस्या रहेको पनि हुन सक्छ । सम्भवतः त्यस्तै कुनै विरामीबाट शायद उनी पनि संक्रमित पो भइन् कि ?
त्यसो त उनी कार्यरत अस्पतालमा कोभिडका बिरामीलाई उपचार गर्ने छुट्टै वार्ड छ । तर अन्य अन्य वार्डमा रहेका विरामीहरुलाई कोरोना संक्रमण भए–नभएको थाहा पाउन सकिन्न । कतिपयमा थाहा नपाइकनै गैर लाक्षणिक समस्या रहेको पनि हुन सक्छ । सम्भवतः त्यस्तै कुनै विरामीबाट शायद उनी पनि संक्रमित पो भइन् कि ?
जे होस्, कोरोना संक्रमणबाट मुक्त भए पछि उनी पुनः पुरानै काममा फर्किइन् । साविक झै उनी गैर कोभिड वार्डमा अन्य रोगका बिरामीको उपचार, स्याहार सुसार तथा हेरचाहमा तल्लिन भइन् ।
संक्रमण निको भएपछि अस्पताल जानआउँन थालेको १६÷१७ दिन मात्र भएको थियो– उनको शरीरका मांसपेशीहरु दुख्ने, फरफराउँने, घाँटी दुख्न सुरु भयो । क्रमश उनले गन्ध थाहा पाउन छाडिन् । यी लक्षणहरु कोरोना संक्रमणको लक्षणसँग मिल्दाजुल्दा छन् । एक पटक कोरोना संक्रमण भएर त निको भइसकेको मान्छे, फेरि यो के भएको होला ? कतै फेरि संक्रमण त बल्झिएन ? उनले परीक्षण गर्नका लागि खानासँगै ३÷४ वटा अकवरे खुसार्नी टोकिन् । तर अहँ, पटक्कै पीरो भएन, उनले मगमगाउँदो अकबरे खुर्सानीको गन्ध पनि थाहा पाइनन् ।
त्यसपछि उनमा अक्सिजनको मात्रा घट्ने, श्वासप्रश्वासमा समस्या आउने जस्ता समस्याहरु देखापर्न थाले । यी सबै कोरोना संक्रमणका लक्षणहरुसँग मिल्दाजुल्दा छन् । अब उनको आशंका झनै गहिरो भएर गयो । उनले आफूलाई कोरोनाको पुनः संक्रमण भएको आशंकामा फेरि पिसिआर परीक्षण गराए । नतिजा पुनः पोजेटिभ रिर्पोट आयो ।
अघिल्लो पटक कोरानो संक्रमित भएर होमआईसोलेनमा बस्दा उनलाई सामान्य गाह्रो भएको थियो । त्यस्तो खासै ठूलो स्वास्थ्य समस्याहरु देखिएको थिएन, अनुभव गर्न परेको थिएन । तर यस पटक भने उनी बेडमा सिधा भएरसम्म बस्न नसक्ने अवस्थामा पुगिन् । लक्षणअनुसारका औषधि तथा जडीबुटी सेवन गरिरहेकी शर्माले १४ पछि पिसिआर परीक्षण गराउँदा पोजेटिभ नै रिर्पोट आएको सुनाइन् ।
कोभिड वार्डमा भन्दा अन्य वार्डमा संक्रमणको जोखिम उच्च
कोभिड—१९ का बिरामी उपचार गरिने वार्डमा कार्यररत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई पूरै थाहा हुन्छ– आफूले स्याहार सुसार गयिररहेका विरामी कोरोना संक्रमित हुन्, उनीहरुबाट आफूमा संक्रमण सर्ने जोखिम उच्च हुन्छ । त्यसैले त्यस वर्डामा काम गर्ने स्वास्थ्यकर्मीहरुले सुरक्षात्मक सामाग्री पूर्ण रुपमा लगाउने गरेको पाइन्छ । पहिल्यै पूर्ण सतर्कता अपनाउने भएकोले उनीहरुमा संक्रमण सर्ने जोखिम पनि तुलनात्मक रुपमा न्यून हुन्छ ।
गैर कोभिड वार्डको स्थिति अलि फरक हुन्छ । उनीहरुले सुरक्षाका सामग्रीहरु लगाउँदैनन् । प्रोटोकलमा नै लगाउनुपर्ने कुरा छैन । आफूले स्याहारिरहेका विरामीहरु कोरोनाका पीडित हुन् वा होइनन्, परीक्षण नगरिकन थाहा नै पाइँदैन । उपचाररत कतिपय व्यक्तिहरु लक्षणरहित अवस्थामा कोरानो संक्रमणको शिकार बनिरहेको हुन पनि नसक्छ, नहुन पनि सक्छ ।
तर गैर कोभिड वार्डको स्थिति अलि फरक हुन्छ । उनीहरुले सुरक्षाका सामग्रीहरु लगाउँदैनन् । प्रोटोकलमा नै लगाउनुपर्ने कुरा छैन । आफूले स्याहारिरहेका विरामीहरु कोरोनाका पीडित हुन् वा होइनन्, परीक्षण नगरिकन थाहा नै पाइँदैन । उपचाररत कतिपय व्यक्तिहरु लक्षणरहित अवस्थामा कोरानो संक्रमणको शिकार बनिरहेको हुन पनि नसक्छ, नहुन पनि सक्छ । यस्तो अवस्थामा कोभिड वार्डमा काम गर्नेभन्दा अन्य वार्डमा काम गर्ने स्वास्थ्यकर्मीहरु चाहिँ तुलनात्मक रुपमा बढी संक्रमित भएको पाइन्छ । गैर कोभिड वार्डमा कार्यररत स्वास्थयकर्मी तथा कर्मचारीले गाउँन मास्क मात्रै लगाएर बिरामीको सेवामा खटिँदा संक्रमणको जोखिम बढेको नर्स शर्माको ठहर छ ।
विश्वलाई नै कोरोना महाव्याधीले घेरेको बेला नेपाल पनि अछुतो रहने कुरै भएन । आगामी दिनमा संक्रमण दर तथा कोभिड—१९ का बिरामी बढ्न नदिन सरकारी तथा निजी अस्पताललाई अझै धेरै संख्यामा कोभिड अस्पताल तोकेर शंकास्पद बिरामी र कोभिड—१९ का बिरामीलाई उपचार गर्ने उचित वातावरण बनाउनु पर्ने आवश्यकता देख्छिन् शर्मा । त्यसो गरिएको खण्डमा बिरामीबाट स्वास्थ्यकर्मीलाई स्वास्थ्यकर्मीबाट बिरामीलाई सर्ने जोखिम नहुँने नर्स शर्मा बताउँछिन् । उनको विचारमा कोभिड—१९ वार्डमा मात्रै हैन र अन्य वार्डमा काम गर्ने स्वास्थ्यकर्मीलाई समेत सुरक्षात्मक सामाग्री पूर्णरुपमा उपलब्ध गराउँन निजी तथा र सरकारी अस्पतालहरुले सकेका छैनन् । त्यसैले बेलाबेलामा नर्स तथा अन्य स्वास्थ्यकर्मीहरु बिरामी नजिकै जान डराउने तथा विरामीहरुले पनि उचित सेवा नपाएको गुनासो गर्ने स्थिति पैदा हुने गरेको उनको बुझाइ छ ।
उनको विचारमा कोभिड—१९ वार्डमा मात्रै हैन र अन्य वार्डमा काम गर्ने स्वास्थ्यकर्मीलाई समेत सुरक्षात्मक सामाग्री पूर्णरुपमा उपलब्ध गराउँन निजी तथा र सरकारी अस्पतालहरुले सकेका छैनन् । त्यसैले बेलाबेलामा नर्स तथा अन्य स्वास्थ्यकर्मीहरु बिरामी नजिकै जान डराउने तथा विरामीहरुले पनि उचित सेवा नपाएको गुनासो गर्ने स्थिति पैदा हुने गरेको उनको बुझाइ छ ।
कोरोना संक्रमणलाई सामान्य नठानौं
कोरोना संक्रमणको शिकार नभएकाहरुका लागि यो कुरा सामान्य स्वास्थ्य समस्या मात्रै लाग्न पनि सक्छ । स्वयं शर्मा पनि कोरोना संक्रमणको सुरुवाती चरणमा सँगै काम गर्ने साथीहरुलाई नडराउन तथा संक्रमण भएर केही समस्या हुँदैन, साबधानी अपनाउनुपर्छ भनेर ढाडस शर्माले दिन्थिन् । आफू स्वयं पनि अन्य बेलाभन्दा खानपानमा विशेष ध्यान दिन्थिन् तथा आयुर्वेदीक जरीबुटी सेवन र मनतातो पानी पिइरहँने गर्थिन । तर जब आफू संक्रमित र पुनः संक्रमित भइन्, तब उनले थाहा पाइन्, कोरोनाको संक्रमण सोचेजस्तो सामान्य र सहज चाहिँ रहनेछ ।
पहिलो पटक संक्रमणको शिकार बनेर निको भइसकेपछि पनि शर्मालाई कोरोनाको संक्रमणले खासै तर्साएन्, उनलाई यो सामान्य समस्या नै लाग्यो । तर जब पुनः संक्रमण भएर बेड, कुर्सीसम्म सिधा भएर बस्न नसक्ने अवस्थामा पुगिन्, अनि उनले महसूस गरिन्, यो संक्रमण त सोचे जस्तो सजिलो र हल्का खालको रहेनछ ।
पहिलो पटक संक्रमणको शिकार बनेर निको भइसकेपछि पनि शर्मालाई कोरोनाको संक्रमणले खासै तर्साएन्, उनलाई यो सामान्य समस्या नै लाग्यो । तर जब पुनः संक्रमण भएर बेड, कुर्सीसम्म सिधा भएर बस्न नसक्ने अवस्थामा पुगिन्, अनि उनले महसूस गरिन्, यो संक्रमण त सोचे जस्तो सजिलो र हल्का खालको रहेनछ । यो अवस्थामा आइपुग्दा उनको पहिलाको बुझाइ र अहिलेको बुझाइ फरक भयो । कोरोना संक्रमणलाई केही दिनमा आफैं निको भइहाल्छ भनेर हल्का रुपमा लिने तथा जनस्वास्थ्यका नियमहरुको पालना नगर्नेहरुको कुरा सुन्दा–देख्दा उनलाई दिक्क लाग्छ । कोरोना संक्रमणले गम्भीर स्वास्थ्य समस्या पैदा गराउन सक्ने भएकोले यसलाई हल्का तवरले नलिएर जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा अपाउन सबैलाई उनी आग्रह गर्छिन् ।
फेसबुक प्रतिक्रियाहरु