होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विभत्सरुपमा गोरु काट्ने युवकलाई एक वर्ष ९ महिना कैद
समाचार

विभत्सरुपमा गोरु काट्ने युवकलाई एक वर्ष ९ महिना कैद

  • नागरिक रैबार
विभत्सरुपमा गोरु काट्ने युवकलाई एक वर्ष ९ महिना कैद

१९ असोज, सुर्खेत । दैलेखमा विभत्सरुपमा गोरु काट्ने एक यवकलाई जिल्ला अदालत दैलेखले कैद सजाय फैसला गरेको छ ।

अदातलका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले गोरु काट्ने भैरवी गाउँपालिका-२ का राजेश विष्टलाई एक वर्ष ९ महिना कैद र ४० हजार क्षतिपूर्तिको फैसला गरेको श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

 

विज्ञापन

मुलुकी अपराध संहिताको २८९ को उपदफा १, २ र ३ अनुसार आइतबार अदालतले कैद फैसला गरेको कार्कीले बताए । उनकाअनुसार विष्टबाट ४० हजार क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको छ ।

विष्टले गत भदौ २६ गते भैरबी गाउँपालिका-२ रावतकोटका सोविन थापाका आगनमा बाँधेका गोरु काटेका थिए । काटिएकै दिन एउटा गोरुको मृत्यु भएको थियो भने अर्को गोरु घाइते अवस्थामा छ ।

अदालतले आफूलाई न्याय दिएको प्रतिक्रिया थापाले दिएका छन् । ‘खेती लाउने सिजनमा दुवै गोरु काटिएपछि अन्यायमा थिएँ । अदालतले न्याय दिएको छ,’ थापाले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै