दाङ: प्रेमीसँग घुम्न गएकी एक युवतीमाथि सामूहिक बलात्कारमा भएको छ। दाङको राप्ती गाउँपालिका ३ नयाँबस्ती मसुरीयाकी १७ वर्षीया किशोरीमाथि चार जनाले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।
साउन १६ गते आफ्नो प्रेमीसँग घर नजिकको जंगलमा घुम्न गएको समयमा ४ जनाको समूहले प्रेमीलाई कुटपिट गरी युवतीलाई बलात्कार गरेका थिए। उनलाई मसुरीयाकै २६ वर्षीय अर्जुन विक, करिब २८ वर्षीय प्रकाश नेपाली, २४ वर्षीय इसव जिसी र करिव २० वर्षीय भुपाल थापामगरले सामूहिक बलात्कार गरेको भन्दै पीडित युवतीले जाहेरी दिएकी हुन्।
उनीहरुले युवतीलाई मार्ने धम्की दिएर पालैपालो बतात्कार गरेको पीडित युवतीको बताएकी छन्। ती युवाहरुको कुटाइबाट युवतीका प्रेमी घाइते भएका छन्। उनको शरीरभरी चोट लागेको छ। प्रहरीले बलात्कारमा संलग्न भनिएका इसव जिसी र भुपाल थापालाइ पक्राउ गरेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ।
अन्यको खोजी कार्य जारी राखी घटनासम्बन्त्री अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु