खेलको अन्तिम समयमा गोल गर्दै स्पेनले नेसन्स लिगमा जर्मनीलाई बराबरीमा रोक्न सफल भएको छ । सम्भवतः खेलको अन्तिम प्रहारमा भ्यालेनिसयाका डिफेन्डर होजे गायाले गोल गर्दै खेल १–१ को बराबरीमा अन्त्य गर्न सफल भएका हुन् ।
चेल्सीका नयाँ अनुबन्ध टिमो वेर्नरको गोलको मद्दतले जर्मनीले खेलको ५१ औँ मिनेटमा अग्रता लिएको थियो । उता, स्पेनका लागि भने रोड्रिगोले गोलका दुई वटा सुन्दर अवसर गुमाएका थिए ।
स्पेनका गोलकिपर डेभिड डि गेयाले खेलमा थुप्रै सुन्दर बचाऊ गरे । यो खेलमा बार्सिलोनाका अन्सु फातीले सिनियर टोलीका लागि डेब्यु गरेका थिए ।
बिहीबार राति नै भएका अन्य खेलहरुमा युक्रेनले स्वीटजरल्याण्डलाई २–१ ले हरायो भने रुसले सर्बियालाई ३–१ गोलअन्तरले पराजित गर्यो । टर्की हंगेरीसँग १–० ले हार्दा वेल्सले फिनल्याण्डलाई १ ० ले पराजित गर्न सफल रह्यो ।
फेसबुक प्रतिक्रियाहरु