होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लकडाउनबारे विज्ञका सुझाव कार्यान्वयनमा लैजाने प्रधानमन्त्रीको प्रतिवद्धता
समाचार

लकडाउनबारे विज्ञका सुझाव कार्यान्वयनमा लैजाने प्रधानमन्त्रीको प्रतिवद्धता

  • नागरिक रैबार
लकडाउनबारे विज्ञका सुझाव कार्यान्वयनमा लैजाने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि विज्ञहरुबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाएका छन् । मंगलबार सरोकारवाला र विज्ञहरुलाई बालुवाटारमा बोलाएर सुझाव लिएका प्रधानमन्त्री ओलीले प्राप्त सुझाव कार्यान्वयनमा लैजान आफू प्रतिवद्ध रहेको जनाएका हुन्।

प्रम ओलीले स्वास्थ्य क्षेत्र, राजनीतिक क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरुसँग परामर्श गरेका हुन् । उक्त परामर्शमा २५ जनाको उपस्थिति रहेको प्रमका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
‘परामर्शमा प्रमुख प्रतिपक्ष दलका काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित २५ जनाको उपस्थिति रहेको थियो’, सल्लाहकार थापाले भने, ‘ सुझाव दिनेहरुलाई प्रधानमन्त्रीले धन्यवाद दिनुभयो र कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभयो ।’

थापाले सुझावहरु एकै खालका नभएको भन्दै समग्रतामा कोभिड समस्या बढिरहेको सन्दर्भमा मिश्रित सुझाव प्राप्त भएको बताए । ‘कतिपयले लकडाउन गर्नुपर्ने, कतिपयले कडा कदम चाल्न सुझाव दिनुभएको छ । तराइका, वीरगन्ज, नेपालगञ्ज लगायतमा धेरै समस्या देखिएको तथा काठमाडौँमा समेत पछिल्लो समय संक्रमित बढेको अवस्थामा विज्ञका सुझावलाई महत्त्वपूर्ण रुपमा लिने र कार्यान्वयनमा लैजाने भनेर निष्कर्ष निस्किएको छ’, थापाको भनाइ छ ।

साढे चारघण्टा भएको परामर्शले सरकारले चालेका कदम र अव चाल्ने कमदमा निम्ति नयाँ मार्गनिर्देश गरेको पनि थापाले जानकारी दिए । परामर्शमा स्वास्थ्य मन्त्रालय र सिसिएमसीका पदाधिकारी पनि सहभागी थिए ।
 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै