होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ३०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १ हजार ३७३ पुग्यो
समाज

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १ हजार ३७३ पुग्यो

  • नागरिक रैबार
सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १ हजार ३७३ पुग्यो

कैलाली – सुदुरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमित संख्या १ हजार ३७३ पुगेको छ । सोमबार गरिएको परिक्षणबाट थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सकृय संक्रमित १ हजार ३७३ पुगेको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीबाट २० , डडेल्धुरा अस्पतालबाट ,२ र रास्ट्यि जनस्वास्थ्य प्रयोगशालाबाट गरिएको परिक्षणमा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।

कैलालीका २२ पुरुष, २४ महिला,कंचनपुरका १४ पुरुष, १ महिला, बझाङ्ग १ पुरुष र अछाम २ पुरुष र २ महिलामा सक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको हो ।

यसअघि नै ३ हजार २७६ जना निको भएर घर गइसकेका छन् भने ९ जना संक्रमितको मृत्यु भइसकेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले रातोपाटीलाई जानकारी दिए । प्रदेशमा हालसम्म ३६ हजार ५५७ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र ३१ हजार ८९९ मा नेगेटिभ आएको उनले बताए । १ हजार ३७३ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २४ हजार ६९० जनामा परिक्षण गरिएको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका ६९९, बैतडीका ३१९, बझाङ्गका २६९ ,बाजुरा ४४९, डडेल्धुराका ३०१, दार्चुलाका ३८, डोटीका ७३० , कैलालीका १२७२ र कंचनपुरका ५८१ गरि ४ हजार ६५८ रहेका छन । जस्मा महिला १ हजार १२७ , पुरुष ३ हजार ५३१ रहेका छन । क्वारेन्टिनमा १ हजार ५५१ पुरुष र ५ सय ४५ महिला रहेका छन । प्रदेशका बिभिन्न आइसोलेसनमा शंकास्पद १८ र संक्रमित ५५ गरी ७३ जनाको उपचार भईरहेको छ । ८६१ जना भने सामान्य उपचारपछि घर गइसकेका छन् ।

सेती प्रादेशिक अस्पतालमा २, टिकापुर १६ , महाकाली २५, अछाम १०, डोटी अस्पतालमा २ जनाको उपचार भइरहेको उनले बताए ।

बाँकीको भने ९ वटै जिल्लाको आईसोलेसनमा उपचार भइरहेको स्वास्थ्य महाशाखा प्रमुख काक्रीको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ हप्ता अगाडि

भर्खरै