होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • ४ करोड ५७ लाख भित्र नअटाएको त्रिवेणी
देश/प्रदेश

४ करोड ५७ लाख भित्र नअटाएको त्रिवेणी

  • नागरिक रैबार
४ करोड ५७ लाख भित्र नअटाएको त्रिवेणी

मेरो देशको इतिहासलाई पल्टाइ हेर अनि केहि कुरा लेख्न मन लाग्यो र वर्तमानमा मैले मेरो जिल्लाको गरागतिका निम्ति कलम चलाउन मन लाग्यो .। सार्वभौम सम्पन्न नेपाल कहिल्यै पनि कसैको उपनिवेश नबनेको स्वतन्त्र राज्य हो ।

साना ठुला क्रान्तिहरु भएता पनि ति क्रान्तिहरु सम्झाैता र समझदारी मै टुङगिएको यो देश वि.स २००७ साल तिरको राणा शासन विरुद्को आन्दोलन देखि हालसम्म आन्दोलन पनि त्रिपक्षिय सम्झौता मै टुङगिएका छन् । विश्वका अन्य मुलुकहरुमा ठुलाठुला आन्दोलन पश्चात् परिवर्तन आएका छन् । परिवर्तन पछि ती मुलुकले आफ्नो देश चलाउने रीतितिथिको स्थापना गरि मौलिक मुल्य मान्यता स्थापित गरेका छन् । विश्वका शक्तिशालि मुलुकहरुको श्रेणिमा उठाउन सफल भएका छन् ।

नेपाल यस्तो मुलुुक हो यहा पटक पटक आन्दोलन सफल भएको भनिए पनि जनताको जिवन स्तर र मुलुकको गति ज्य,को त्यु छ . यहाँ आन्दोलन उत्कर्षमा पुगेर पनि सम्झौता मै तुहिएका छन् त्यसै पनि आन्दोलन परिवर्तनका वाहक बन्न सकेका छैनन् । त्यस्तै मेरो बाजुरा जिल्ला मानव विकास सुचांकमा नेपालको ७७ औ स्थानमा प्रर्ने गर्द छ । यहाँमा रोग, भोक,लगाएतका पिडा भईरहन्छन । यहाँमा फरक फरक किसिमका जात जातिमानिस बस्ने गर्दछन। त्यस्तै किसिमका रितिरिवाज चालचलन भेस, भुसा आ-आफ्नै तरिकाले मनाउदै आईरहेका छन , मेरो बाजुरा जिल्ला प्राकृतिक सम्पदाको धनि जिल्लाको रुपमा पनि लिने गरिन्छ ।

विज्ञापन

बडिमालिका, त्रिवेणी, खप्तड छेडेदह, बडालेख, बुढिनन्दा , विरेखाला, नाटेश्वरी लगाएतका प्राकृतिक सम्पदाले भरिपुणर् रहेका छन।. यीनीहरुको लागि राज्यले थोरै भएपनि बर्षौ पिच्छे लगानी गरिरहेको हुन्छ । प्रदेश सरकार संघिय सरकारबाट बजेट आएपनि त्यो पुणर्रुपमा कार्यान्वयन भएको हुँदैन विचबाटोमा नै प्रतिशतका हिसाबले भाग भण्डा गरेर सिमित रकम मात्र त्यसमा लगानि लगाउँछन ।

दुर्भाग्यको कुरा त्यो सिमित रकम पनि पुणर्रुपले लगानि गरिदैन अनि कहाँ बाट हुन्छ विकास कहाँबाट आउछ निकास, यस्तो छ मेरो ठाउँको गरागति बाजुरा जिल्लाका नौ वटा स्थानिय तहभन्दा सबैभन्दा बढि पर्यटकीय सम्भावना बोकेको नगरपालिका भनेको त्रिवेणी नगरपालिकालाई लिने गरिन्छ ।

बाजुराको सवैभन्दा बढी जनसंख्या भएको नगरपालिकाको रुपमा पनि लिने गरिन्छ । जुन अहिले संघिय सरकारबाट पर्यटन विकासको लागि ४ करोड ५७ लाख बजेट विनियोजन गरियो । किन त्रिवेणी नगरपालिका ४ करोड ५७ लाख भित्र अटाएन ? अधिकांस बाजुराका धेरै क्षेत्रहरु समेटिए तर त्रिवेणी नगरपालिकाको एउटा पनि सम्भावित क्षेत्र समेटिएनन किन ? प्रश्न चिन्ह खडा भएको छ ।

के त्रिवेणी नगरपालिकामा त्यस्ता क्षेत्र छैनन् कि, कित त्यहाँका जनताहरुले चाहेका छैनन् ? कित नेता भनाउँदा हरुको आँखाको नजर पुगेन यि यावत खालका प्रशनहरु हरेक व्यक्तिको मनमा उव्जिरहेका छन । हुन पनि सोभाविक हो, हरेक राजनैतिक विषय लगाएतका कुरामा त्रिवेणीलाई पहिलो नम्वरमा राख्ने नेताहरुले आज पर्यटन विकासका लागि कसरी छुटाए छन् अचम्म लागेर आउँछ ।

जसरी बाजुरामा रहेका क्षेत्र जस्तै खप्तड देखि बडिमालीका क्षेत्र सम्मको पर्यटन प्रवद्धनका संरचना तथा क्षेत्र विकासका लागि सबै भन्दा बढी रकम २ करोड ६० लाख रुपैया बजेट विनियोजन गरिएको छ । त्यस्तै बडिमालिकाको संरक्षण गर्न १ करोड विनियोजन गरेको छ , मार्तडि देखि मार्तडी रावलबाडाको डाडाँमारहेको बडिमालिका मन्दिरको पद मार्गको लागि २ लाख ६५ हजार, हिमालि गाउँपालिका को लुवासुर क्षेत्रको पर्यटन विकासकालगि ३ लाख, स्वामिकार्तिक खापर गाउपालिकाको भैरव नाथ मन्दिरको लागि ५ लाख , बुढीनन्दा नगरपालिका ४ को सिमकुरु क्षेत्रहुदै बुढीनन्दा क्षेत्र सम्मको पैदल मार्ग निर्माणका लागि ७ लाख ,खप्तड छेडेदह गाउँपालिका ७ सिंगाडा देखि खप्तड सम्मको पद मार्ग निर्माणका लागि ७ लाख विनियोजन गरिएको छ ।

त्यसैगरि मार्तडी देखि बडिमालिका जाने पद मार्गकालागि ७ लाख , बडिमालिका नगरपालिका बलमस्टा पुर्वाधार विकासका लागि ८ लाख ३५ हजार , चैतेपिपल मन्दिर निर्माणका लागि २० लाख , खप्तड क्षेत्र मन्दिर निर्माणका लागि २०लाख , खप्तड मुस्ताङ पर्यटन सहकार्य अध्यनका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

यसरी विनियोजन गरिरहदा त्रिवेणी नरपालिकाका क्षेत्रहरु नअटाउनु भनेको दुख लाग्दो विषय हो । जहाँ बडिमालिका मन्दिरको भण्डार गृह पनि रहेको छ । नाटेश्वरी , तिर्थस्थल मौरेधाम ,धलपुरि दह , लगाएतका क्षेत्रहरु पर्यटन विकासको पर्खाईमा रहेका छन । पक्कै पनि राज्यको ध्यान जाओस र तिनिहरुलाई हामिले जोगाई राख्यौ, संरक्षण गर्न सक्यौ भने सर्वसाधारण जनताको जनजिवन माथि उठ्ने सम्भावन देखिन्छ ।

चक्र बहादुर अएडी हाल  रेडियो पाैरखीमा कार्यरत हुनुहुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार