नागरिक रैबार/बाजुरा २२ जेठ। एमसिसीका विरूद्वमा बाजुराका युवाहरू सडकमा उत्रिएका छन् । सरकारले एमसिसी नेपालकाे हित विपरित पारित गर्न खाेजेकाे भन्दै विहिबार बाजुराका युवाहरू विराेध जनाउदै सडकमा उत्रिएका हुन् । शेरबहादुर रावलकाे नेतृत्वमा बजार परिक्रमा गरेर शान्तिपूर्ण र्याली सहित एमसिसीकाे विराेधमा उत्रिएका हुन् ।
एमसिसी चाँहिदैन् देश वेच्न पाइदैन, नेपाली जनता बरु कोरोना सहन सक्छ एमसिसी सहन सक्दैन् अमेरिकी साम्राज्याद मुर्दावाद जस्ता नारासहित शान्तिपूर्ण तरिकाले युवाहरु एमसिसीको विरोधमा उत्रिएका थिए । एमसिसीको विरोधमा उत्रिएका बाजुराका युवाहरुले खारेज हुनु पर्छ भनि आज हामी बाजुरेली युवा हरूले शान्तिपूर्ण र्याली गरियो
फेसबुक प्रतिक्रियाहरु