होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • डा युवराज खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त
देश/प्रदेश

डा युवराज खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त

  • नागरिक रैबार
[sharethis-inline-buttons]
डा युवराज खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त

काठमाडौं– अर्थमन्त्रीमा डा युवराज खतिवडा पुन नियुक्त भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खतिवडालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् ।

संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा डा. युवराज खतिवडाज्यूलाई मन्त्री पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री ओलीले सम्हाली आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार पनि मन्त्री खतिवडाले नै सम्हाल्ने विज्ञप्तिमा जनाइएको छ । राष्ट्रियसभा सदस्य मध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि मंगलबार(हिजो) सकिएको हो ।

विज्ञापन

गोलाप्रथाबाट दुई वर्षे कार्यकाल पाएका डा खतिवडासहित १९ जनाको पदावधि सकिएको हो ।धारा ७८ को उपधारा १ मा ‘राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदको सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने ‘ उल्लेख छ ।

तर नियुक्त मन्त्रीले शपथग्रहण गरेको मितिले छ महीनाभित्र संघीय संसदको सदस्यता प्राप्त गर्नु पर्ने व्यवस्था उपधारा २ मा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै