होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नलगाड नगरपालिकाका सबै वडामा स्वास्थ्य संस्था
समाचार

नलगाड नगरपालिकाका सबै वडामा स्वास्थ्य संस्था

  • नागरिक रैबार
नलगाड नगरपालिकाका सबै वडामा स्वास्थ्य संस्था

१८ कात्तिक, जाजरकोट । नलगाड नगरपालिकाले सबै नागरिकको पहुँचमा स्वस्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडामा स्वस्थ्य संस्था निर्माण गरेको छ ।

नगरपालिकाको वडा नं २, ३, ७, ११, १२ र १३ मा पहिले नै स्वास्थ्य संस्था थिए । ती वडाहरूको भूगोल ठूलो भएकाले नयाँ एक थप गरी स्वास्थ्य संस्था थपिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए ।

 

वडा नं ४ र ५ मा नयाँ भवन निर्माण सम्पन्न भएको छ । त्यस्तै वडा नं १, ६, ८, ९, १० र १२ मा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुर्गम मानिएको वडा नं १३ को गेउमा र सिउनामा गरी दुई ठाउँमा स्वास्थ्य संस्थाको विकास गरी सेवा उपलब्ध गराइएको छ ।

भवन पूर्णरूपमा निर्माण नभएको ठाउँमा अहिले भाडामा स्वास्थ्य सेवा दिइरहेको नगरपालिकाले जनाएको छ ।

वडास्तरीय आधारभूत स्वास्थ्य सेवा केन्द्रका भवन निर्माण जारीसँगै नगरपालिकाभित्रका करिब २५ हजार ५९७ जनसङ्ख्या स्वास्थ्य सेवाको पहुँचमा पुगेको पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाका जनक खड्काले जानकारी दिए ।

नगरपालिकाले यसै आर्थिक वर्षदेखि दल्लीमा रहेको स्वास्थ्य संस्थालाई १५ शय्याको अस्पताल बनाउनका लागि काम शुरु गरेको नगरप्रवक्ता राममाया हमालले जानकारी दिए । अहिले आवश्यक उपकरण तथा सौर्य ऊर्जा (सोलार) खरिदको काम गर्न लागिएको छ । आफैँले एमडी चिकित्सक भर्ना गरेर नगरभित्र राम्रो सेवा दिएको नगरपालिकाले अब सबै खालको सेवा घरआँगनमै दिनका लागि काम तीव्ररूपमा भइरहेको प्रवक्ता हमालले जानकारी दिए ।

सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउन वडा नं १ को जुरेली, ५ को सिर्के, ६ को नेटिलेख, ७ को दानीपिपल, ८ को जिकुवा र ११ को रजिकमा खोप क्लिनिक निर्माण गरी सेवा सञ्चालन गरिएको छ । नगरपालिकाले एम्बुलेन्स खरिद भइसकेकाले सेवा प्रवाह गर्न लागेको बताएको छ । त्यसका लागि एम्बुलेन्स सेवा निर्देशिका, २०७७ बनाएर सेवा दिन लागिएको छ । दल्लीमा प्राथमिक स्वास्थ्य केन्द्र एक, एक्सरे भवन एकवटा नगरपालिकाले निर्माण गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै