सारा संसारलाई दपेटिरहेको कोरोनाभाइरसको संक्रमण अहिले निक्कै ठूलो पहेली जस्तै बन्दै गइरहेको छ । कोरोनाभाइरसको संक्रमण कसैको लागि सामान्य रुघाखोकी जस्तै बनेको छ : संक्रमण हुने, लक्षण देखानपर्ने वा सामान्य लक्षण देखापर्ने, केही दिनपछि निको भएर जाने । तर कसैको लागि भने ज्यानमारा पनि साबित भएको छ : अघिल्लो दिनसम्म हट्टाकट्टा मानिसलाई आइसीयू–भेन्टिलेटरको शरणमा पुर्याइदिने, केही दिनमै कालको ग्रास बनाइदिने, कदाचित बाँचेकाहरुको पनि फोक्सोको ठूलो हिस्सा खराब भएर जाने, अन्य विभिन्न किसिमका शारीरिक समस्याहरु देखापर्ने ।
त्यसमाथि थप, कोरोनाभाइरसको संक्रमणमा थपिएको अर्को एउटा जब्बर प्रश्न : यसको ‘पुनः संक्रमण’ पनि देखिएको छ । अर्थात् एक पटक संक्रमित भएर निको भइसकेका मानिसमा फेरि संक्रमण हुने सम्भावना कत्तिकाे हुन्छ ? यद्यपि संख्याको हिसाबले पुन: संक्रमणका समस्या हालसम्म सानो रुपमा नै विद्यमान छ । तर त्यसले उठाएको र छोडेको प्रश्न भने निक्कै महत्वपूर्ण छ । यो किनभने, एक पटक भाइरस वा किटाणुहरुद्वारा संक्रमित भइसकेको मानिसमा त्यो भाइरसका विरुद्ध प्रतिरोधी क्षमता विकास भइसकेको हुन्छ र उनलाई हत्तपत्त उही भाइरसले सताइहाल्न सक्दैन – भाइरस विज्ञानको सामान्य नियम यो हो । तर एक पटक संक्रमित भइसकेका मानिस पुनः संक्रमित हुनुको एउटै अर्थ हो– या त उसमा संक्रमण पूरै निको भइसकेको थिएन या त ऊ संक्रमणबाट निको भइहालेको भए पनि उसमा भाइरसविरुद्धको प्रतिरोधी क्षमता बलियोसँग विकसित भइसकेको थिएन ।
कोरोनाभाइरसको संक्रमणमा थपिएको अर्को एउटा जब्बर प्रश्न : यसको ‘पुनः संक्रमण’ पनि देखिएको छ । अर्थात् एक पटक संक्रमित भएर निको भइसकेका मानिसमा फेरि संक्रमण हुने सम्भावना कत्तिकाे हुन्छ ? यद्यपि संख्याको हिसाबले न: संक्रमणका समस्या हालसम्म सानो रुपमा नै विद्यमान छ । तर त्यसले उठाएको र छोडेको प्रश्न भने निक्कै महत्वपूर्ण छ ।
योसँगै जोडिएर आउने एउटा अर्को महत्वपूर्ण सवाल पनि छ, त्यो हो– कोरोनाभाइरसविरुद्ध मानिसहरुमा प्रतिरोधी क्षमता कति लामो समयसम्म बाँकी रहन्छ ?
यो कुरा चर्चा गर्नुअघि आउनुहोस्, एकाध घटनाक्रमहरुलाई केलाऔं ।
निर्माण व्यवसायी जीवन कँडेललाई चितवनबाट काठमाडौं फर्किए लगतै टाउको दुख्ने, ज्वरो आउने भयो । कोभिड—१९ को जस्तै लक्षण देखिएर परीक्षण गराउँदा व्यवसायी कँडेल घटस्थापनाको दिन पुनः संक्रमित भएको पुष्टि भयो । यसअघि उनलाई असार १५ गते पहिलो पटक कोरोना संक्रमण भएको थियो । असारकै २६ गते व्यवासायी कँडेल कोरोना मुक्त भए ।
असार महिनामा कोरोना मुक्त भएका कँडेलमा पछि पुनः संक्रमण देखापर्यो । सोही कारण उनी विगतका १८ दिन देखि होमआइसोलेशनमा बसेको उनले सुनाए । यस्तै कोभिड—१९ को लक्षण क्रमशः निको हुँदै गए पछि १२ दिनमा पिसिआर परीक्षण गर्दा रिर्पोट नेगेटिभ आयो । व्यवसायी कर्णेल पुनः कोरोना संक्रमित भए झैं
उता वीरेन्द्र सैनिक अस्पताल अस्पतालमा कोराना संक्रमितको उपचारमा खटिएका नर्स शोभा खतिवडामा पनि पुनः संक्रमण देखापर्यो ।
नर्स खतिवडालाई पहिलो पटक भदौं १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । करिब १७ दिन पछि उनी कोरोना मुक्त भएकी थिइन् । तर त्यसको करिब १६ दिन पनि उनलाई ज्वरो, रुघा, खोकी लाग्ने, गन्ध थाहा नपाउँने लगाएतका कोभिड—१९ को लक्षण देखियो । असोज २९ गतेपछि होमआइसोलेशनमा बसेकी नर्स खतिवडा स्वाब परीक्षण गराउँदा फेरि उनलाई कोरोनाको संक्रमण भएको पुष्टि भयो ।
जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे
सामान्यतः एक पटक कोरोना संक्रमण निको भएर पुनःसंक्रमण कमै हुने गर्छ । नेपाल लगायत विश्वका अन्य मुलुकमा पनि थोरै प्रतिशतलाई पुनः संक्रमण भएको तथ्यांक छ । यसरी एकपटक निको भइसकेका व्यक्तिमा पुनः संक्रमण भए पनि जोखिमको सम्भावना कम हुने कुरा जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे बताउँछन् ।
सामान्यतः एक पटक कोरोना संक्रमण निको भएर पुनःसंक्रमण कमै हुने गर्छ । नेपाल लगायत विश्वका अन्य मुलुकमा पनि थोरै प्रतिशतलाई पुनः संक्रमण भएको तथ्यांक छ । यसरी एकपटक निको भइसकेका व्यक्तिमा पुनः संक्रमण भए पनि जोखिमको सम्भावना कम हुने कुरा जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे बताउँछन् । उनका अनुसार, पहिले संक्रमित भएको व्यक्तिको शरीरमा बनेको कोरोना भाइरसविरुद्ध लड्ने एन्टीबोडीले कोरोना भाइरसलाई नष्ट गर्ने हुँदा उक्त व्यक्तिलाई जोखिम कम हुन्छ । ‘हालसम्म भएको अध्ययनमा एक पटक संक्रमित भएको व्यक्तिमा कति महिना वा वर्षसम्म एन्टीबोडी प्रभावी रहन्छ भन्ने कुरा ठोस रुपमा थाहा भइनसकेको’ उनी बताउँछन् । उनका अनुसार, केही अध्ययनहरुले ३–४ महिनासम्म शरीरमा एन्टीबोडी प्रभावी रहने देखाएको पाइन्छ ।
अहिलेको सार्सकोभ–२ भाइरस र त्यसले गराउने कोभिड—१९ रोग नितान्त नयाँ खाले भएकाले त्यसका विरुद्ध औषधि–खोपको खोजी, रोगको लक्षण, पुनः संक्रमण लगायतका बारेमा अझै अध्ययन भइरहेको जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणि दिक्षित बताउँछन् ।
उनका अनुसार, नेपालमा पनि एकपटक कोरोना संक्रमित भइसकेका व्यक्तिमा संक्रमण धेरै न्यून संख्यामा भएको पाइन्छ । ‘पिसिआर टेष्टले करिब ७० प्रतिशत मात्र सही नतिजा दिने हुँदा परीक्षणको नतिजामा ‘फल्स पोजेटिभ’ र फल्स नेगेटिभ’ दुवै आउन सक्ने सम्भावना रहेको उल्लेख गर्दै डा. दीक्षित भन्छन्, ‘कदाचित पहिलो पटक फल्स पोजेटिभ देखिएका संक्रमणका लक्षणरहित व्यक्तिलाई दोस्रो पटक समस्याका कारण पुनः परीक्षण गर्दा वास्तविक रुपमा पोजेटिभ देखिन पनि सक्छ ।’ ‘यथार्थमा ती व्यक्ति पहिलोपटक संक्रमित रहको तर पीसीआर परीक्षणको ७० प्रतिशत मात्रै सही नतिजा दिने सीमाको कारण त्यसलाई पुनः संक्रमित ठानिएको हुन सक्ने’ सम्भावना पनि डा. दीक्षित औंल्याउँछन् ।
जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणि दीक्षित
‘पिसिआर टेष्टले करिब ७० प्रतिशत मात्र सही नतिजा दिने हुँदा परीक्षणको नतिजामा ‘फल्स पोजेटिभ’ र फल्स नेगेटिभ’ दुवै आउन सक्ने सम्भावना रहेको उल्लेख गर्दै डा. दीक्षित भन्छन्, ‘कदाचित पहिलो पटक फल्स पोजेटिभ देखिएका संक्रमणका लक्षणरहित व्यक्तिलाई दोस्रो पटक समस्याका कारण पुनः परीक्षण गर्दा वास्तविक रुपमा पोजेटिभ देखिन पनि सक्छ ।’
संक्रमण निको भएपछि शरीरमा एन्टीबडी बनेको छ वा छैन् भनेर थाहा पाउन एन्टीबोडी चेक गर्दा राम्रो हुने जनस्वास्थ्य विज्ञ पाण्डे बताउँछन् । गुणस्तरीय आरडीटी किटको प्रयोग गरी परीक्षण गर्दा आईजीजी पोजिटिभ देखिएमा भने केही महिना ढुक्क हुन सकिने उनी बताउँछन् ।
‘कोभिड—१९ भएर निको भएको दुई तीन हप्तापछि वास्तविक रुपमा कोरोनाका कारण नभई अन्य समस्याकै कारण कोरोनाका जस्ता लक्षणहरु देखापरेर पीसीआर परीक्षण गर्दा ¥यालको नमुनामा पहिलाकै भाइरसका अवशेषहरु देखापर्न सक्ने’ टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला बताउँछन् । त्यस्तो अवस्थामा पुनः पोजेटिभ रिर्पोट देखाउन सक्ने भएकाले परीक्षण रिपोर्ट पोजेटिभ आयो भन्दैमा त्यसलाई फेरि कोरोनाभाइरस संक्रमण भएको भन्न नमिल्ने उनी बताउँछन् ।
सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला
‘३–४ महिना अघि कडा खालको लक्षण देखिएर कोभिड—१९ भएर निको भएका व्यक्तिलाई पुनः कोभिडकै जटिल लक्षण देखिएर पटकपटक परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएमा गहन रुपमा अध्ययन गरेर मात्रै पुनः कोरोना संक्रमण भएको नभएको भन्न सकिने’ डा. बाँस्तोला बताउँछन् ।
‘३–४ महिना अघि कडा खालको लक्षण देखिएर कोभिड—१९ भएर निको भएका व्यक्तिलाई पुनः कोभिडकै जटिल लक्षण देखिएर पटकपटक परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएमा गहन रुपमा अध्ययन गरेर मात्रै पुनः कोरोना संक्रमण भएको नभएको भन्न सकिने’ डा. बाँस्तोला बताउँछन् । एक पटक कोरोना संक्रमण निको भएपछि अन्य रोगका कारण कोरोना कै जस्तै लक्षण देखिएर अन्य ठाउँमा परीक्षण गर्दा पोजेटिभ आएपछि टेकुमा परीक्षण गर्दा धेरैजनाको नेगेटिभ रिपोर्ट आएको पाइएको उनी बताएँछन् ।
अध्ययनहरुले के भन्छ ?
कोभिड–१९ का विरुद्ध प्राप्त प्रतिरोधी क्षमता कति लामो समयसम्म टिक्छ ? कोराना संक्रमणको विश्वव्यापी फैलावटसँगै उठ्ने गरेका सबैभन्दा अहं सवालहरुमध्येका एक यो हो । यसबारे लण्डनको इम्पेरियल कलेजका अध्येताहरुले बेलायती जनतामाथि गरेको अध्ययन रिपोर्टले तीनमहिनाभित्र उक्त रोगप्रतिरोधी क्षमतामा ह्रास आउने गरेको पाइएको उल्लेख गरेको छ । त्यसैगरी, अमेरिकाको न्यूयोर्क शहरको माउन्ट सिनाइस्थिति इचान स्कुल अफ मेडिसिनले गरेको अध्ययन रिपोर्टका अनुसार न्यूनदेखि मध्यमस्तरका लक्षणहरु देखिएका विरामीहरुमा रोगप्रतिरोधी क्षमता कम्तिमा ५ महिनासम्म रहेको पाइएको थियो ।
बेलायतमा गरिएको अध्ययनमा २ लाख ५० हजना जनामाथि औंलालाई सियोले छेडर रगतको थोपा निकालेर गरिने परीक्षणको (Finger-prick test) को विधिबाट जाँचिएको थियो । तर यो परीक्षणको संवेदनशीलता प्रयोगशालामा गरिने परीक्षणको तुलनामा निक्कै कम (करिब ८४ प्रतिशत) हुने गर्छ । उता अमेरिकाको माउण्ट सिनाइमा गरिएको अध्ययनमा चाहिँ ३० हजार मानिसहरुलाई समावेश गरिएको थियो, जसमा संक्रमणबाट निको भएका मानिसहरुबाट संकलन गरिएको प्लाज्मा तथा एन्टिबडी टेस्टबाट प्राप्त तथ्यांकहरुको विश्लेषण गरिएको थियो ।
मानिसको रोग प्रतिरोधी क्षमता कति लामो वा दीर्घ छ भन्ने कुरा उसको शरीरमा रहेको एन्टिबडीमा मात्रै निर्भर नरहने कुरा विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार, यो भनेको शरीरको रक्षा प्रणालीको एउटा हिस्सा मात्रै हो ।
त्यसो त विज्ञहरुका अनुसार, मानिसको रोग प्रतिरोधी क्षमता कति लामो वा दीर्घ छ भन्ने कुरा उसको शरीरमा रहेको एन्टिबडीमा मात्रै निर्भर नरहने कुरा विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार, यो भनेको शरीरको रक्षा प्रणालीको एउटा हिस्सा मात्रै हो ।
यसरी काम गर्छ प्रतिरोधी क्षमताले
युनिभर्सिटी अफ मानचेस्टरका प्रोफेसर सिना क्रुइकसान्कले व्याख्या गरेअनुसार, जब हामी संक्रमित हुन्छौं, त्यसबेला हाम्रो प्रारम्भिक प्रतिरक्षा त्यहाँ पहिल्यै विद्यमान प्रतिरोधी कोषहरुले गर्छ । जीवविकासको क्रममा स्वतः उत्पन्न भएका त्यस्ता प्रारम्भिक प्रतिरक्षा प्रणालीले संक्रमणलाई पहिचान गर्न र मार्नको लागि विभिन्न रणनीतिहरु अपनाउने गर्छ । तर हाम्रो शरीरमा पहिल्यै विद्यमान प्रतिरक्षा प्रणालीले अहिलेको कोरोनाभाइरसलाई मार्न वा पन्छाउन सक्दैन, त्यसो गर्न सकेको हुन्थ्यो भने त अहिलेको महामारी नै हुने थिएन ।
यहाँनेर हाम्रो विकसित प्रतिरोधी क्षमता काम आउँछ : हामी संक्रमित भइसकेपछि विकास भएको प्रतिरोधी क्षमताले शरीरमा घुसेका कोरोनाभाइरसलाई मार्न र हामीलाई निको हुन सघाउँछ । यो कुरा हाम्रो लिम्फोसाइटहरुमा निर्भर हुन्छ, जुन विशिष्ट किसिमका संक्रमण गराउने एजेन्टहरुलाई पहिचान गर्न दीक्षित भएका हुन्छन् । यसको पनि दुईटा हिस्सा हुन्छ : बी लिम्फोसाइट्स (बी कोषहरु)ले एन्टिबडी बनाउँछ भने टी लिम्फोसाइट्स (टी कोषहरु) ले त्यो बी कोषहरुलाई शरीरमा घुसेका किटाणु भाइरसहरु मार्न सघाउँछ । जब शरीरमा घुसेका संक्रमण नियन्त्रणमा आउँछ, ती कोषहरुको झुण्डले एउटा सम्झने कोषहरु (Memory cells) को निर्माण गरिदिन्छ । यो सम्झने कोषहरु लामो समयसम्म बाँच्छ, हाम्रो शरीरमा सोही किसिमका किटाणु भाइरसले फेरि आक्रमण गर्यो भने शरीरको प्रतिरक्षा प्रणालीलाई त्यसको सूचना दिनका लागि निरन्तर गस्ती गरिरहेको हुन्छ ।
शरीरमा घुसेका संक्रमण नियन्त्रणमा आउँछ, ती कोषहरुको झुण्डले एउटा सम्झने कोषहरु (Memory cells) को निर्माण गरिदिन्छ । यो सम्झने कोषहरु लामो समयसम्म बाँच्छ, हाम्रो शरीरमा सोही किसिमका किटाणु भाइरसले फेरि आक्रमण गर्यो भने शरीरको प्रतिरक्षा प्रणालीलाई त्यसको सूचना दिनका लागि निरन्तर गस्ती गरिरहेको हुन्छ ।
केही विज्ञहरुको रायमा त शररमा एन्टिबडीको मात्रा घट्नु भनेको शरीरको रोग प्रतिरोधी क्षमताले काम गरिरहेको कुराको लक्षण पनि हो । आवश्यक परेको अवस्थामा हाम्रो रोगप्रतिरोधी कोषहरुले तुरुन्तै ताजा एन्टिबडीहरु उत्पन्न गरिहाल्न पनि सक्छ ।
एन्टिबडीहरुको फरक
रोग लागेर निको भएपछि शरीरमा एन्टिबडी बनेको हुन्छ । त्यसैगरी, हामीले लगाएको भ्याक्सिनले पनि शरीरमा एन्टिबडी नै बनाइदिने गर्छ । तर वास्तवमा, ती दुई भिन्न प्रक्रियाबाट प्राप्त हुने एन्टिबडी एउटै चाहिँ हुँदैन । भ्याक्सिनबाट प्राप्त हुने एन्टिबडीलाई भाइरसलाई सटिक ढंगले छनौट गर्न र टी तथा बी कोषहरुलाई अत्यन्तै प्रभावकारी ढंगले हमला गर्नका लागि उत्प्रेरित गर्ने गरी डिजाइन गर्न सकिन्छ ।
ला जोल्ला इन्स्टिच्यूट अफ इम्युनोलोजीका भाइरोलोजिस्ट सेन क्रोट्टीले त्यसको उदाहरण दिँदै भन्छन्, मानिसमा हुने पापिलोमाभाइरसले अत्यन्तै तीब्र रोगप्रतिरोधी जवाफी कारवाही पैदा गराउँछ भने एन्टिबडी चाहिँ अति सुस्त । उनी थप भन्छन्, ‘तर त्यही भाइरसविरुद्धको खोपको एउटा मात्रै मात्राले पनि अत्यन्तै सुन्दर ढंगले एन्टिबडी पैदा गराइदिन्छ, जसले मानिसलाई १० वा अझ बढी समयसम्म ९९ प्रतिशतभन्दा बढी सुरक्षित राखिदिन सक्छ ।’
फेसबुक प्रतिक्रियाहरु