होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • मुख्यमन्त्रीको टोलीले दियो बाढी प्रभावित परिवारलाई राहत
बडीमालिका

मुख्यमन्त्रीको टोलीले दियो बाढी प्रभावित परिवारलाई राहत

  • नागरिक रैबार
मुख्यमन्त्रीको टोलीले दियो बाढी प्रभावित परिवारलाई राहत

नागरिक रैबार/बाजुरा १८ भदौ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टसहितको टोलीले बाढी प्रभावित परिवारलाई राहत वितरण गरेको छ । विहिबार मुख्यमन्त्री सहितको टोलीले अछाम र बाजुरा जिल्लाका बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन सहित बाढीपहिरोबाट प्रभावित बनेका परिवारलाइ राहत वितरण गरेको हाे ।

मुख्यमन्त्रि सहितको टोलीले बाजुरामा गत साउन २५ गते र भदौ २ गते राति बुढीनन्दा नगरपालिकाको नुरीखोलामा आएको बाढी र त्रिवेणी नगरपालिकाको मालागाड खोलामाा आएको बाढीबाट प्रभावित बनेको क्षेत्र र भदौै २ गते राति अछामको रामारोशन गाउँपालिकाको कैलाश खोलामा आएको बाढीले शैनिबजारमा बाढीबाट धनजनमा पुर्याएको क्षतीको अनुगमन गरेको हो ।

टोलीले  बाजुरा र अछामका विभिन्न प्रभावित ठाउँहरुमा पुगेर अनुगमनका साथै विपद्बाट मृत्यु भएका परिवारलाई जनही एकलाख र विस्थापित बनेका परिवारलाई खाद्यन्न र लत्ता कपडा समेत वितरण गरेको छ ।

विज्ञापन

बाढी पहिरोले प्रभावित बनेका ठाउँमा स्थलगत अनुगमन गर्न नेपाली सेनाको हेलिकप्टर मार्फत बाजुरा पुगेका मुख्यमन्त्री भट्टले भने स्थलगत अनुगमन पछि तुरुन्तै यी जिल्लाहरुको समग्र विकासको विषयलाई मध्येनजर गरेर योजनाहरु घोषणा गर्ने आश्वासन व्यक्त गरेका छन् ।

मुख्य मन्त्री भट्टको टोलीले अछामको रामारोसन क्षेत्र, बाजुराको त्रिवेणी नगरपालिका र बुढीनन्दा नगरपालिकाको कोल्टीक्षेत्रका बाढीबाट प्रभावित बनेका परिवारलाई भेटेका छन् ।

बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न मुख्यमन्त्री सहित प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह लगायत बाजुरा आएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै