होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा बैठक सर्‍यो, दिउँसो ३ बजे बस्ने
राजनीति

नेकपा बैठक सर्‍यो, दिउँसो ३ बजे बस्ने

  • नागरिक रैबार
नेकपा बैठक सर्‍यो, दिउँसो ३ बजे बस्ने

१८ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक चार घण्टा पछि सरेको छ । विहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको सचिवालयका एक सदस्यले जानकारी दिए ।

नेकपाको आजको बैठकमा राष्ट्रिय सभामा मनोनित गर्ने सदस्यबारे छलफल गर्ने तयारी छ ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा डा. युवराज खतिवडालाई लैजान चाहे पनि प्रचण्ड पक्षले त्यसमा सहमति जनाएको छैन ।

यसअघि नेकपाको बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेकाले सो निर्णय विपरीतको काम गर्न नहुने प्रचण्ड पक्षको भनाइ छ ।

उपाध्यक्ष गौतमले पनि आफूलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

यसबारे बुधबार प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । प्रचण्डले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने बताएपछि सोही दिन राति ओलीले गौतमलाई बालुवाटारमा बोलाएर छुट्टै छलफल गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
राजनीति
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ दिन अगाडि