होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ढोरपाटनका १५ घर बगाउँदा बेपत्ता १३ मध्ये ६ को शव फेला
समाचार

ढोरपाटनका १५ घर बगाउँदा बेपत्ता १३ मध्ये ६ को शव फेला

  • नागरिक रैबार
ढोरपाटनका १५ घर बगाउँदा बेपत्ता १३ मध्ये ६ को शव फेला

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले १५ घर बगाउँदा बेपत्ता भएका १३ जनामध्ये ६ को शव फेला परेको छ ।

सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँमा गएराति १२ बजेतिर आएको बाढीले कम्तिमा १५ घर बगाएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले जानकारी दिए । बिहान ८ बजेसम्म ६ जनाको शव फेला परेको प्रजिअ न्यौपानेले बताए ।

उनका अनुसार ढोरपाटनका ६, ७, ८ र ९ वडा प्रभावित भएका छन् । त्यसमध्ये पनि ८ र ९ वडामा बढी क्षति भएको छ ।अरिवरल वर्षासँगै आएको भिषण बाढीपछि बेपत्ता भएकाहरूको अहिले नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले खोजी जारी राखेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख, प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

विज्ञापन

‘रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो भन्ने अझै यकिन हुन सकेको छैन’, भण्डारीले भने, ‘अहिले उद्धारको काम भइरहेको छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार